५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

ललितपुर जिल्ला अदालत विवादको समाधान गर्न प्रधानन्यायाधीशसँग आग्रह

ललितपुर जिल्ला अदालत विवादको समाधान गर्न प्रधानन्यायाधीशसँग आग्रह
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा कार्यरत सबै राष्ट्रियस्तरका ट्रेड युनियहरुले ललितपुर जिल्ला अदालत विवादको समाधान गर्न प्रधानन्यायाधीश, न्यायाधीशहरु र सर्वोच्च अदालत व्यवस्थापनसँग आग्रह गरेका छन् ।

ट्रेड युनियनहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि घटना वा विषयको विषयान्तरबाट भविष्यमा पर्न सक्ने दूरगामी नकारात्मक प्रभावसमेतलाई मध्यनजर गर्दै विवादको सत्य तथ्य उजागर गरी उचित समाधान गर्न र ललितपुर जिल्ला अदालतलगायतका न्यायपालिकाका सम्पूर्ण कर्मचारीहरुले मानसिक तथा भौतिकरुपमा सुरक्षित महसुस हुने गरी भयरहित वातावरणमा कार्यस्थलमा रही सेवा गर्ने वातावरण निर्माण गर्न माग गरेका छन् ।

यही असार १३ गते ललितपुर जिल्ला अदालतमा वारेस/कानून व्यवसायी र कर्मचारीबीच घटेको घटनालाई विषयान्तर गरी अदालतमा कार्यरत सम्पूर्ण जनशक्तिमाथि तथ्य र आधारहीन लाञ्छना लगाई न्यायपालिकाको अजआस्था खस्कने गरी कानून व्यवसायीहरुको सर्वोच्च संस्था नेपाल बार एसोसिएसन तथा सोअन्तर्गतका चार एकाइहरुबाट जारी विज्ञप्ति र औपचारिक कार्यक्रममार्फत जिम्मेबार कानून व्यवसायीहरुबाट सार्वजनिक भएको अभिव्यक्तिप्रति ट्रेड युनिहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।