१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सक्रिय राजनीतिबाट बिदा लिएको एलिजाको घोषणा



अ+ अ-

काठमाडौँ । अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा)की नेता एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन्।

बिहीबार फेसबुकमा एक स्टाटस लेखेर गौतमले आफू सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन्।

उनले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित भएको बताउँदै तत्काल सक्रिय राजनीतिबाट बाहिरिँदै समाज सेवामा लाग्ने बताएकी छन्।

उनले लेखेकी छन्, ‘दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’

गौतम गत माघ १४ मा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।

https://www.facebook.com/alizagautam988/posts/2541685715988466?ref=embed_post