५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

क्यानका महानिर्देशकलाई पर्यटनमन्त्रीको दोस्रो स्पष्टीकरण

क्यानका महानिर्देशकलाई पर्यटनमन्त्रीको दोस्रो स्पष्टीकरण
file photo
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमँन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोध्नुभएको छ ।

पहिलो पटका सोधिएको स्पष्टीकरणको जवाफ दिन महानिर्देशक अधिकारीले अस्वीकार गरेपछि मन्त्री किरातीले दोस्रो पटक स्पष्टीकरण सोध्नुभएको हो । महानिर्देशक अधिकारीलाई तीन दिनभित्र दोस्रो पटकको पत्रको जवाफ दिन भन्दै मन्त्रालयले पत्र पठाएको छ ।

दोस्रो पटकको पत्रमा भनिएको छ, “मन्त्रालयको असार ११ गतेको पत्रबाट तपाईंबाट सम्पादित कार्यसँग सम्बन्धित ९ बुँदाका विषयमा सात दिनभित्र जवाफ सहितको विवरण पेश गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) निर्णयबाट लेखी पठाएको निर्धारित समय सीमाभित्र तपाईंबाट स्पष्ट जवाफसहितको विवरण पेश हुन नआएकाले के कति कारणले समयमा नै स्पष्ट जवाफसहितको विवरण पेस नगर्नु भएको हो ?”

पत्रमा तोकिएको समयमा स्पष्टीकरण नपठाए मन्त्री परिषद्को निर्णयअनुसार कानूनबमोजिम अघि बढ्ने उल्लेख छ ।

यसअघि पर्यटनमन्त्री किरातीले असार ११ गते महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोध्नुभएको थियो । एक साताभित्र जवाफ माग्दै मन्त्री किरातीले स्पष्टीकरण सामाजिक सञ्जालमा राखेपछि महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरूरी वा गोप्य पत्र भनी लेखेर सोध्नुपर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरेकोमा आपत्ति जनाउनुभएको थियो ।

ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभएको थियो, “फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिँदैन, स्पष्टीकरण सोध्ने पनि नियम, कानून र तरिका होला नि, फेसबुकभरि सोधिएका स्पष्टीकरणको मैले कसरी जवाफ दिनु रु”

स्पष्टीकरणको जवाफ नदिने अडान लिनुभएका महानिर्देशक अधिकारीले सोमबार सामाजिक सञ्जालमा नागरिक उड्डयन प्राधिकरण स्वायत्त निकाय रहेको बताउनुभएको थियो ।