काठमाडौं । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच टेलिफोन सम्वादपछि चीनले उपलब्ध गराउने भनिएको १० लाख डोज खोप लिन सोमबार नेपाल वायुसेवा निगमको त्यसतर्फ जाने भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले दिनुभएको जानकारी अनुसार नेपाल वायुसेवा निगमको ए ३३० जहाज आगामी सोमबार बेइजिङ जाने भएको हो ।











