१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको अभिव्यक्ति: अति भयो, थप आँ–उँ नगर्नुस्, प्लिज– विष्णु रिमाल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्य स्वीकार्न र परिणामको सामना गर्न चुनौती दिनुभएको छ ।

केही दिनअघि आफूलाई प्रधामनमन्त्री बनाउन प्रीतम सिंह धेरै पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उपमहासचिव रिमालले भन्नुभएको छ, “अब सत्य स्वीकार्नुस्, परिणामको सामना गर्नुस् । अति भयो, थप आँ–उँ नगर्नुस्, प्लिज १”

हिजो सदनले तपाईंलाई कसले प्रधानमन्त्री बनायो भनी सोधेको भन्दै उहाँले लेख्नुभएको छ, “उहाँले सदनको सामना गर्नु पर्थ्यो । तर्कबाट हैन, तथ्यबाट आफ्नो भनाइको अन्तर्य स्पष्ट पार्नु पर्थ्यो। तर प्रधानमन्त्रीले गलत बाटो लिनुभयो । ‘हाउस’मा हैन, अन्यत्रबाटै “त्यसो हैन, यसो भनेको” भन्दै फेरि ‘भ्रम’ फिंजाउँनेतिरै लाग्नुभयो । आफ्ना ‘प्रोपोगण्डा–मेकानिजम’ परिचालनमा समय खर्चिनु भयो ।”

उक्त अभिव्यक्ति आफ्नो नभई सरदार प्रितम सिंहको हो भनी प्रधानमन्त्री प्रचण्डले दिएको स्पष्टीकरणमा रिमालले भन्नुभएको छ, “प्रधानमन्त्रीजी, तपाईंको आफ्नै भ्वाइस छ– सुन्नेले सुनेकै छन्, हेर्नेले हेरेकै छन् । आफ्नो हैन, सरदारको कुरा ‘कोट’ गरेको भन्नुभयो । त्यही बेला ‘तपाईं’को ‘सरदार’ले प्रेस मिट गर्दै अर्कै कुरा भन्दै हुनुहुन्थ्यो । ‘ढाँटेको कुरा काटे मिल्दैन’ क्या १ तपाईंले आफू जे हो, त्यही हुँ भन्नु भयो । ठीकै छ नि । नकाब उत्रिँदा, छोपिएको अनुहारलाई कठिन हुन्छ नै । ”