६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको अभिव्यक्ति: अति भयो, थप आँ–उँ नगर्नुस्, प्लिज– विष्णु रिमाल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्य स्वीकार्न र परिणामको सामना गर्न चुनौती दिनुभएको छ ।

केही दिनअघि आफूलाई प्रधामनमन्त्री बनाउन प्रीतम सिंह धेरै पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उपमहासचिव रिमालले भन्नुभएको छ, “अब सत्य स्वीकार्नुस्, परिणामको सामना गर्नुस् । अति भयो, थप आँ–उँ नगर्नुस्, प्लिज १”

हिजो सदनले तपाईंलाई कसले प्रधानमन्त्री बनायो भनी सोधेको भन्दै उहाँले लेख्नुभएको छ, “उहाँले सदनको सामना गर्नु पर्थ्यो । तर्कबाट हैन, तथ्यबाट आफ्नो भनाइको अन्तर्य स्पष्ट पार्नु पर्थ्यो। तर प्रधानमन्त्रीले गलत बाटो लिनुभयो । ‘हाउस’मा हैन, अन्यत्रबाटै “त्यसो हैन, यसो भनेको” भन्दै फेरि ‘भ्रम’ फिंजाउँनेतिरै लाग्नुभयो । आफ्ना ‘प्रोपोगण्डा–मेकानिजम’ परिचालनमा समय खर्चिनु भयो ।”

उक्त अभिव्यक्ति आफ्नो नभई सरदार प्रितम सिंहको हो भनी प्रधानमन्त्री प्रचण्डले दिएको स्पष्टीकरणमा रिमालले भन्नुभएको छ, “प्रधानमन्त्रीजी, तपाईंको आफ्नै भ्वाइस छ– सुन्नेले सुनेकै छन्, हेर्नेले हेरेकै छन् । आफ्नो हैन, सरदारको कुरा ‘कोट’ गरेको भन्नुभयो । त्यही बेला ‘तपाईं’को ‘सरदार’ले प्रेस मिट गर्दै अर्कै कुरा भन्दै हुनुहुन्थ्यो । ‘ढाँटेको कुरा काटे मिल्दैन’ क्या १ तपाईंले आफू जे हो, त्यही हुँ भन्नु भयो । ठीकै छ नि । नकाब उत्रिँदा, छोपिएको अनुहारलाई कठिन हुन्छ नै । ”