१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलओडी गएकी बालिका बलात्कृत, नाबालिगलाई क्लबमा प्रवेश गराएको भन्दै साहुविरुद्ध पक्राउ पुर्जी



अ+ अ-

काठमाडौं । ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) गएकी एक नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गत ३० जेठमा एलओडी गएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा घर भइ हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

३१ जेठमा आफू बलात्कृत भएको भन्दै पीडितले किटानी जाहेरी दिएपछि कोइरालालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

अनुसन्धानको क्रममा उमेर नपुगि नाबालिगलाई एलओडी प्रवेश दिएको भन्दै प्रहरीले एलओडीका सञ्चालकलाई पनि छानबिनको दायरामा ल्याएको छ । प्रहरीले घटनाबारे छानबिन गर्न एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।