१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य डेरी एशोएिशन र डेरी उद्योग संघले नमान्ने (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् । 

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएकोले भन्दै अब नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताउनु भयो । उहाँले अबका दिनमा आफूहरु दुग्ध विकास संस्थानसँग सँगै जान नसक्ने र किसानरुलाई संस्थानको भन्दा २ रुपैयाँ बढी दिने र उपभोक्तासँग १० रुपैयाँ बढी लिने बताउनु भयो । नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ बनाउने निणर्य गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

अध्यक्ष सापकोटाले भन्नुभयो, ‘दुग्ध विकास संस्थानले एकतर्फी ९ रुपैयाँ उपभोक्ता मूल्य बढाइदिँदा हामी धेरै उद्योगीहरु मर्माहत अवस्थामा पुगेका थियौँ । हामीले दुग्ध विकास संस्थान घाटा पर्दा राज्यसँग अनुदान आदि इत्यादी लिएर सर्वाइभ हुने, हामीले त हाम्रो प्राइमरी पुँजी,इन्भेष्ट गरेर सञ्चालन भएको इण्डस्ट्री चलाउन सकिएन भने हामीलाई कठिन हुन्छ । अब दुग्ध विकास संस्थानको पछि लाग्यो भने हुँदैन, हामी हाम्रो हिसावले अघि बढ्नुपर्छ । डिडिसीले आफैँ बसेर निर्णय गरेको ३०÷६० को अवधारणालाई पनि टेकेन । १० रुपैयाँ नभइ डेरी इण्डस्ट्री सर्वाइभ हुन सक्दैन भन्ने कुरालाई पनि टेक्न सकेन । र आफू खुशीले मूल्य बढायो । हामी राष्ट्रिय दुग्ध विकास बोर्डले पहिला जे निर्णय गरेको थियो, १०÷७ मा जसरी भनेको थियो, त्यसरी दुग्ध विकास संस्थानले नमानेपछि हामी हाम्रो ढंगले अघि जान्छौँ । हामीले व्यवहारमा हेर्दा पनि यो व्यवहारिकतामुखी छैन । ४२ रुपैयाँ ५० पैसा छ, तर प्याकेट किन्दा ४३ रुपैयाँ लिइन्छ ।’

त्यस्तै व्यवसायी सुमित केडियाले दुग्ध विकास संस्थानलाई मानेर अघि बढेपनि पछिल्लो निर्णयलाई स्वीकार्न नसकिने बताउनु भयो । उहाँले संस्थानको पछिल्लो निर्णय व्यवहारिक नभएको भन्दै यो दुग्ध क्षेत्रको लागि राम्रो नभएको बताउनु भयो ।

व्यवसायी केडियाले भन्नुभयो, ‘दुग्ध विकास संस्थानलाई एउटा अभिभावक मान्दा मान्दै पनि यो पटक जुन किसिमको निर्णय दुग्ध विकास संस्थानबाट हुन गयो । यो मेरो विचारमा दुग्ध क्षेत्रको लागि राम्रो होइन । ४२ रुपैयाँ ५० पैसा व्यवहारिक पनि नभएको व्यापारीलाई हामीले ४२ को ठाउँमा ४३ दिन्छौँ । त्यो पैसा किसानलाई दियो भने केही हदसम्म राम्रो हुन्छ ।’

त्यस्तै अर्का व्यवसायी अरनिको राजभण्डारीले दुग्ध विकास संस्थानको निर्णयले अव्यवहारिक भएको र यसकै कारण किसानहरु फस्टाउन नसकेको बताउनु भयो । उहाँले अब निजी क्षेत्रले यसको नेतृत्व गरेर अघि बढ्ने र किसानहरुलाई उचित मूल्य दिने बताउनु भयो ।  

दुग्ध व्यवसायी राजभण्डारीले भन्नुभयो, ‘यो दुग्ध विकास संस्थान दुग्ध विकास संस्थान जस्तो भएको यस्तै अव्यवहारिक निर्णय गरेर हो । दुग्ध किसानहरु आज फस्टाउन नसकेको कारण पनि यही हो । अब निजी क्षेत्रले यसको नेतृत्व गर्छ र किसानहरुलाई एउटा अन्तर्राष्ट्रिय स्तरको किसानहरुमा कसरी पु¥याउने भन्ने हामी भन्छौँ । हामी २÷३ वर्षअघि आत्मनिर्भरको अवस्थामा पुगिसकेका थियौँ । अब हामी फेरि आएर दुध अभावको स्थितिमा पुगेका छौँ ।’

दुग्ध विकास संस्थानले केही दिनअघि मात्रै कच्चा दुधको मूल्यमा ९ रुपैयाँ वृद्धि आज ९शुक्रवार० बाट लागू हुने जनाएको थियो । तर नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले भने आगामी फागुन १ गतेदेखि लागू हुनेगरी कच्चा दुधको न्यूनतम मूल्य ५३ रुपैयाँ ४५ पैसाबाट वृद्धि गरी ६२ रुपैयाँ कायम गरेको छ भने दुरीको अन्तरको आधारमा अन्तिम क्षेत्र र जिल्लाको मूल्य निर्धारण गर्ने बताएको छ ।