• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रधानन्यायाधीशले हेर्न छाडे मुद्दा



काठमाडौँ । अवकाशमा जानुअघि मुद्दा हेर्न छाड्ने प्रचलन अनुसरण गर्दै प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा हेर्न छाड्नु भएकाे छ  । हालै प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका कार्की अबको एक महिनामा अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।

यसअघि १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएका कार्की असार १ गते नेपालको ३०औं प्रधानन्यायाधीशमा नियुक्त भएका हुनुभएको थियो ।

प्रधानन्यायाधीश अवकाशमा जानुअघि एक महिना अघिदेखि मुद्दा नहेर्ने अभ्यास छ । यद्यपि यसअघिका प्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, गोपाल पराजुली र सुशीला कार्कीले भने अवकाश हुनु एक दिन अघिसम्म मुद्दा हेर्नुभएको थियो ।