१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा जसरी पनि लगाइन्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका नागरिकलाई दोस्रो मात्रा खोप लगाउन नछुटाउने बताउनुभएको छ । 

शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबारे प्रतिबद्धता जनाउनुभएको हो । 

उहाँले भन्नुभयो, "कोभिड महामारीका लागि निर्णायक विजयीका लागि खोप अनिवार्य छ । हालसम्म हामीलाई अनुदानबाट प्राप्त ३२ लाख २८ हजार डोज र खरिदबाट उपलब्ध १० लाख डोजबाट खोप अभियान अगाडी बढाएका छौं ।"