५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षमुनिकालाई आलोपालो गरेर पठनपाठन गराउन सरकारको आग्रह



अ+ अ-

काठमाडौँ । सरकारले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहहरूलाई पत्राचार गर्दै १२ वर्षमुनिका विद्यार्थीलाई आलोपालो गरेर पठनपाठनको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमितरूपमा तथा त्यसभन्दा मुनिकालाई विज्ञार्थी सङ्ख्याका आधारमा आलोपालो गरी भौतिक उपस्थितिमा कक्षा चलाउन अनुरोध गरेको छ ।

कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि मन्त्रालयको विद्यालय शिक्षा मापदण्ड निर्धारण महाशाखाले गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको हो ।