१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

“नोगेन” गीतको संगीत केही अंश चोरेको आरोप, संगीतकार खड्का भन्छन्- आरोप निराधार (भिडियो सहित)



अ+ अ-

काठमाडौं । संगीतकार महेश खड्काले संगीत चोरेको भनेर संगीत चोरी गरेको आरोप निराधार रहेको बताउनु भएको छ । 

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताउनु भएको हो । उहाँले बौद्धिक सम्पतिको चोरीको विषयमा कानूनि उपचार खोज्ने धेरै कानूनि उपाय छोडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाउनु भयो । गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूले गाएको “नोगेन” बोलको गीतको संगीत केही अंश चोरेको आरोप अर्का संगीतकार वसन्त सापकोटाले लगाउनु भएको छ ।

संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’को सागरसरी चा भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा आरोप लगाउनु भएपछि संगीतकार खड्काले प्रमाणित गरेर देखाउन चुनौति दिनुभयो ।

पछिल्लो समय नेपाली गीत संगित र शब्द चोरीको आरोप प्रत्यारोपको शिलशिला चलेको छ । कहि दिन अघि गायिका रचना रिमालले अन्जु पन्तले गाएको गीत “न बिर्से तिमीलाई, न पाएँ तिमीलाई” गाएपछि गायिका रिमाल विवादमा आउनुभएको थियो । यस्तै गायक दुर्गेश थापा “पैशा” नामको गीतमा प्रयोग भएको शब्दको कारण निकै आलोचित बन्नुपरेको थियो । यता सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिएका दुवै संगीतकार महेश खड्का र बसन्त सापकोटा आफ्नो प्रतिलिपि अधिकारको लागि कानूनि उपचारमा भने जानुभएको छैन ।