१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

स्थानीय निर्वाचन चुनाव चिन्ह सङ्घर्ष समिति गठन

स्थानीय निर्वाचन चुनाव चिन्ह सङ्घर्ष समिति गठन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २४ वटा दलहरूले सङ्घर्ष समिति गठन गरेका छन् ।
 
आज विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पुरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको ठहर गरेको छ ।
 
उक्त बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा गरेका यस अघि भएका सामूहिक सङ्घर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै ‘चुनाव चिन्ह सङ्घर्ष समिति’ गठन गरि तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ ।

साथै, राष्ट्रिय मान्यता प्राप्त नगरेका आजको बैठकमा अनुपस्थित अन्य दलहरूलाई पनि ‘चुनाव चिन्ह सङ्घर्ष समिति’मा सहभागी हुन आह्वान गरेको विवेकशील साझा पार्टी प्रवक्ता शरद राज पाठकले जानकारी दिए । 

बैठकमा निम्न दलहरूको सहभागिता तथा समर्थन रहेको थियोः
१. आमूल परिवर्तन मसिहा पार्टी
२. एकीकृत शक्ति नेपाल
३. जनजागरण पार्टी नेपाल
४. जनता समाजवादी पार्टी, नेपाल
५. नेकपा (समाजवादी)
६. नेपाल आमा पार्टी
७. नेपाल दलित पार्टी
८. नेपाल परिवार दल
९. नेपाल विवेकशील पार्टी
१०. नेपाल सङ्घीय समाजवादी पार्टी
११. नेपाल समाजवादी पार्टी
१२. नेपाल समाजवादी पार्टी (लोहियावादी)
१३. नेपाल सुशासन पार्टी
१४. नेपाली काँग्रेस (वी. पी.)
१५. नेपाली जनता दल
१६. बहुजन समाज पार्टी नेपाल
१७. मौलिक जरोकिलो पार्टी
१८. राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
१९. राष्ट्रिय प्रजातन्त्र पार्टी
२०. विवेकशील साझा पार्टी
२१. समाजवादी पार्टी नेपाल
२२. सर्वदलीय सङ्घीय परिषद्
२३. सामाजिक लोकतान्त्रिक पार्टी
२४. सामाजिक लोकतान्त्रिक पार्टी