१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसामु ओमानले दियो १३६ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई घरेलु टोली ओमानले एक सय ३६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनायो । 

नेपालका लागि अविनाश बोहराले ३, सन्दीप लामिछाने, कमल सिंह ऐरी र आरिफ शेखले एक–एक विकेट लिए ।

ओमानका कप्तान जिसन मकसुदले अविजित ४३ रन जोडे भने मोहम्मद नदिम ३१ रनको योगदानी दिए । यस्तै, जतिन्दर सिंहले १३ रन जोड्दा, कश्यप कुमार हरिशभाइ, शोएब खान, आयान खान तिनै जनाले ११ रन बनाए । 

नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । त्यतिबेला ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन् ।