१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको बाँकि रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ । 

नेपाली काँगेस केन्द्रिय कार्य सम्पादन समितिको शुक्रबार बसेको बैठकले बाँकि जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो । बैठकमा पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशनलगायतका कार्यहरु सम्पन्न गर्नका लागि विधान मस्यौदामाथि पनि छलफल सुरु गरिएको र त्यसका लागि आवश्यक सबै निर्णयहरु गर्न आईतबार पुनः केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भयो । 

नेपाली काँग्रेसले आजको बैठकमा भातृ संगठनहरुको विधानलाई संघीयता अनुकूल बनाउने गरी नेता एनपी साउँद नेतृत्वको समितिले १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिमा पेश गरिएको थियो । त्यसलाई छलफल गरेर पारित गर्न सो विधान मस्यौदा पनि बैठकमा प्रस्तुत गरिएको छ । त्यसलाई सबै नेताहरुले अध्ययण गरेर आईतबार २ बजे बोलाइएको बैठकमा पारित गर्ने निर्णय गरिएको पनि प्रवक्ता महतले बताउनु भयो । उहाँले भन्नु भयो, ‘आज पनि छलफल जारी रह्यो ।

अव पर्सी आईतबार फेरी २ बजेका लागि मिटिङ छ । र, त्यसभन्दा अगाडि १३ औं महाधिवेशनबाट निर्वाचित कार्य समितिको बेला जुन केही भातृ संगठनहरुको विधान संघीय संरचना अनुसार गर्ने व्यवस्थाको लागि एनपी साउदजीको संयोजकत्वमा कमिटी बनेको थियो । त्यसको प्रतिवेदन पनि पेश गरिएको थियो । तर त्यो पास भएको थिएन । ती विधानहरु पनि आज पेश भएको छ । पर्सीको मिटिङमा सबै कार्य सम्पादन समितिका साथीहरुले पर्सी नै छलफल गरेर त्यो पनि पारित गर्ने । त्यो पारित गरिसकेपछि त्यसैको आधारमा ती संगठनहरुको अधिवेशनको प्रक्रिया, त्यसलाई पूर्णता दिने प्रक्रिया जेजे रोकिएको छ, ती कुराहरु गर्न सम्भव हुने भएकाले अव त्यो पढनका लागि समय दिइएको छ । पर्सी आईतबार २ बजे मिटिङ हुन्छ । र, त्यस विषयमा आवश्यक निर्णय पनि हुन्छ । त्यसैगरी अरु जति पनि विषयहरु थियो । स्थानीय तह निर्वाचनबारे आज पनि छलफल भयो । एमसीसी पारित गरेर जानुपर्छ भन्नेमा सबैको एकमत छ । बाँकि १६ जिल्लाको अधिवेशन आउँदो फागुन १३ गते गर्ने पार्टीको निर्वाचन समितिले जानकारी गराएको छ ।’

बिहीबार (हिजो)बाट सुरु भएको बैठक मूलतः स्थानीय तहको निर्वाचनबारेको छलफलमा केन्द्रित रहेको नेता अर्जुननरसिंह केसीले बताउनुभयो । उहाँले पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी अघि बढन आफूले पार्टी नेतृत्वलाई सुझाव दिएको पनि जानकारी दिनु भयो ।

बैठकमा नेताहरुबीच एमसीसी संसदबाट पारित गरेर जानुपर्छ भन्ने विषयमा एकमत रहेको नेपाली काँग्रेसले जनाएको छ ।