१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेना र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । नेपाली सेना कृषि विज्ञान संस्थानमा बीएससी एग्रिकल्चर कार्यक्रम सञ्चालन गर्नका लागि आज जंगी अड्‍डामा आयोजित कार्यक्रममा नेपाली सेना र त्रिभुवन विश्वविद्यालय अन्तर्गत श्री कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबीच सम्झौता पत्र (MoU)मा हस्ताक्षर भएको छ । 

लम्जुङ्ग जिल्लामा तैनाथ नेपाली सेना व्यवसायीक कृषि तथा पशुपालन तालिम केन्द्रलाई नेपाली सेना कृषि विज्ञान संस्थानको रुपमा संचालन गरी स्नातक तहको बीएससी एग्रिकल्चर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अनुरुप सम्पन्न भएको उक्त (MoU) हस्ताक्षर कार्यक्रममा, नेपाली सेनाका तर्फबाट श्री सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्द कुमार अधिकारीले हस्ताक्षर गर्नु भएको थियो भने त्रिभुवन विश्वविद्यालयका तर्फबाट कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन, प्रा. भार्गव धितालले हस्ताक्षर गर्नु भएको थियो ।