५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्र चम्किँदा ओमानलाई नेपालले हरायो



अ+ अ-

काठमाडौं । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले ओमानविरुद्ध ६ विकेटको जित निकालेको छ  । 

अल अमेरात क्रिकेट मैदानमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २०.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । ५३ बल खेलेका दिपेन्द्रले ८ चौका र एक छक्का प्रहार गरे ।  

यो दिपेन्द्रको टी–ट्वान्टीमा सर्वाधिक रन समेत रहेको छ । यस अघि उनले ६० रन बनाएका थिए । 

यस्तै, आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन तथा शरद भेषावकर ४ रनमा नटआउट रहे । 

ओमानका कलिमुल्लाहले २ विकेट लिए । खवार अलीले १ विकेट हात पारे । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो । 

ओमानका कप्तान जिसन मकसुदले अविजित ४३ रन जोडे भने मोहम्मद नदिम ३१ रनको योगदानी दिए । यस्तै, जतिन्दर सिंहले १३ रन जोड्दा, कश्यप कुमार हरिशभाइ, शोएब खान, आयान खान तिनै जनाले ११ रन बनाए । 

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । 

कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखको नाममा एक–एक विकेट रह्यो । 

आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन् ।