६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्र चम्किँदा ओमानलाई नेपालले हरायो



अ+ अ-

काठमाडौं । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले ओमानविरुद्ध ६ विकेटको जित निकालेको छ  । 

अल अमेरात क्रिकेट मैदानमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २०.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । ५३ बल खेलेका दिपेन्द्रले ८ चौका र एक छक्का प्रहार गरे ।  

यो दिपेन्द्रको टी–ट्वान्टीमा सर्वाधिक रन समेत रहेको छ । यस अघि उनले ६० रन बनाएका थिए । 

यस्तै, आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन तथा शरद भेषावकर ४ रनमा नटआउट रहे । 

ओमानका कलिमुल्लाहले २ विकेट लिए । खवार अलीले १ विकेट हात पारे । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो । 

ओमानका कप्तान जिसन मकसुदले अविजित ४३ रन जोडे भने मोहम्मद नदिम ३१ रनको योगदानी दिए । यस्तै, जतिन्दर सिंहले १३ रन जोड्दा, कश्यप कुमार हरिशभाइ, शोएब खान, आयान खान तिनै जनाले ११ रन बनाए । 

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । 

कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखको नाममा एक–एक विकेट रह्यो । 

आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन् ।