२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिवाह मण्डपबाट बेहुला पक्राउ !



अ+ अ-

काठमाडौं । काठमाडौंको नक्साल स्थित लिसरा रिसेप्सेन पार्टी प्यालेस बिबाह समारोह हुदै गर्दा बेहुला पक्राउ परेका छन् ।

अमेरिकाको ग्रिन कार्ड भएका सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं. ६ स्थाई घरभई हाल काठमाडौ महानगरपालीका वडा नं. १३ ताहाचल बस्ने वर्ष ३२ को अनुराग रौनियार पक्राउ परेका हुन् ।

उनले आफुहरुले मागेजति दाईजो प्राप्त नभएको र जन्तीलाई राम्रो स्वागत समेत नभएको भनि बिबाह नगर्ने अडान राखेको र बेहुलीलाई समेत हातपात गरे पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बेहला रौनियारले बिबाह गर्ने भए ५०,००,०००।– (पचास लाख रुपैयाँ) दिनु पर्ने माग समेत गरेका थिए ।

यस अघि पनि रौनियारले बिवाह खर्च वापत पटक पटक गरी रु २२,००,०००।– (बाईस लाख रुपैयाँ) लगेको प्रहरीको बिज्ञप्तिमा उल्लेख छ । प्रहरीका अनुसार पक्राउ परेको रौनियार उपर बिवाह सम्बन्धी कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान भई रहेको छ ।