७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

ट्रम्पले गोप्य दस्तावेजको बारेमा अनधिकृत पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक

ट्रम्पले गोप्य दस्तावेजको बारेमा अनधिकृत पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक
अ+ अ-

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ ।

सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि आक्रमण गर्ने योजना रहेको सङ्केत गरेको देखिन्छ ।

सन् २०२१ को जुलाईमा न्यूजर्सीस्थित बेडमिनिस्टरस्थित गल्फ क्लबमा ट्रम्पले आफ्ना पूर्व चिफ अफ स्टाफ मार्क मिडोजको संस्मरणमा काम गरिरहेका व्यक्तिहरूका लागि दिएको अन्तर्वार्ताबाट यस बिषयमा दुई मिनेटको रेकर्डिङ सार्वजनिक भएकोे हो ।

विशेष वकिल ज्याक स्मिथले पदबाट हटेपछि गोप्य दस्तावेजको दुरुपयोग गरेको आरोपमा ट्रम्पमाथि ४९ पृष्ठ लामो अभियोग पत्रमा उक्त रेकर्डिङको ट्रान्सक्रिप्टको केही अंशलाई प्रमाणका रूपमा उद्धृत गरिएको छ ।

“यी कागजातहरू हुन्,” ट्रम्पले रेकर्डिङमा भन्नुभएको छ । यो उद्धरण भने अभियोग पत्रमा समावेश गरिएको थिएन ।

अडियोमा उहाँले कुनै कुरालाई ‘अति गोप्य’ अर्थात् ‘यो गोप्य जानकारी हो’ भनेर पनि सङ्केत गर्नुभएको र कोठामा अरूलाई केही देखाइरहेको बुझिन्छ ।

“यो सेनाले गरेको थियो र मलाई दिइएको थियो,” श्रव्य सामग्रीमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले भन्नुभएको छ । यसमा उक्त दस्तावेज ‘वर्गीकृत गरिएको’ उल्लेख छ ।

“तपाईं देख्नुहुन्छ, राष्ट्रपतिको रूपमा मैले यसलाई सार्वजनिक गर्न सक्थें । अब म सक्दिन, तपाईंलाई थाहा छ,” उहाँले भन्नुभएको छ । “अब हामीलाई समस्या हुन्छ,” ट्रम्पको भनाइलाई पछ्याउँदै उहाँका एक कर्मचारीको आवाज सुनिन्छ ।

“के यो रोचक छैनरु यो धेरै राम्रो छ,” ट्रम्प भन्नुहुन्छ र रेकर्डिङ समाप्त हुन्छ अनि उहाँले कसैलाई केही कोकहरू ल्याउन आह्वान गर्नुहुन्छ ।

यसै महिनाको सुरुमा ट्रम्पले अमेरिकी सरकारका गोप्य सूचनाहरूलाई जानीजानी गलत तरिकाले व्यवस्थापन गरेको र उनीहरूलाई फर्कन नदिन षडयन्त्र गरेको ३७ वटा अभियोगमा आफू निर्दोष रहेको स्वीकार गर्दै आपराधिक अभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नुभएको थियो ।

न्याय विभागले अर्को वर्ष ह्वाइट हाउस मा पुनः विजय हासिल गर्ने होडमा रहेका ट्रम्पले जासुसी ऐन र अन्य कानूनको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

विभागले भनेको छ, “उहाँले पद छोडेपछि गोप्य कागजातहरू हटाउनुभयो र तिनीहरूलाई राष्ट्रिय अभिलेखालयमा हस्तान्तरण गर्न असफल हुनुभयो ।”

सन् २०२१ को जुलाईमा राष्ट्रपतिबाट हटिसकेका ट्रम्पले एक लेखक, एक प्रकाशक र उहाँका दुई कर्मचारीसँग गरेको अडियो रेकर्डिङसहितका ‘गोप्य’ र ‘अति गोप्य’ प्रमाणहरू भएको दस्तावेज सार्वजनिक गर्नुभएको अभियोग दर्ता गरिएको छ ।

अर्बपति विपक्षी नेता ७७ वर्षीय ट्रम्पमाथि फ्लोरिडास्थित आफ्नो समुन्द्री किनारको हवेलीमा गैरकानुनी रूपमा लगेका दर्जनौँ गोप्य कागजातहरू जानीजानी जम्मा गरेको, फिर्ता गर्न इन्कार गरेको र अनुसन्धानकर्ताहरूलाई उनीहरूको पुनः प्राप्तिको लागि अवरोध गर्ने षडयन्त्र गरेको आरोप लगाइएको छ ।

ट्रम्पमाथि सुरक्षा अनुमति नभएका व्यक्तिहरूसँग संवेदनशील अमेरिकी गोप्य कुराहरू साझा गरेको आरोप पनि लगाइएको छ ।

उहाँको फौजदारी मुद्दाको सुनुवाई अगष्ट १४ देखि सुरु हुने तय भएको छ, तर उहाँको कानुनी टोलीले प्रारम्भिक मिति महिनौं पछाडि धकेल्ने सम्भावना छ ।