१६ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन नेपाल आए अलिबाबाका संस्थापक ज्याक मा ?



अ+ अ-

काठमाडौँ । अलिबाबाका संस्थापक एवं चिनियाँ धनाढ्य ज्याक मासहितको टोली काठमाडौँ आएको छ । उनी आठ जनाको टोलीसहित निजी विमानमार्फत काठमाडौँ आइपुगेका हुन् ।

अध्यागमन विभागका अनुसार उनीहरू सवार विमान मंगलबार दिउँसो साढे दुई बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

उनीहरू चीनबाट ढाका हुँदै काठमाडौँ आएको र नेपालमा रहँदा विशेष भेटघाट गर्ने पनि बताइएको छ । पाँच जना चिनियाँ र अन्य देशका नागरिकसहितको उक्त टोली काठमाडौँको नक्सालस्थित मेरियट होटलमा बसेको छ ।

यो टोली होटल द्वारीकामा बास बस्नेछ । यस्तै, भोलि मेघौली जानेछ भने पर्सि स्वदेश फर्किने बताइएको छ ।

मा सार्वजनिक जीवनबाट हराएको तीन वर्षपछि करिब चार महिनाअघि पुनः चीनमा देखिएका थिए ।

उनी अलिबाबा समूहका संथापक तथा कार्यकारी अध्यक्ष हुन् । साथै, उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन् ।