२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन नेपाल आए अलिबाबाका संस्थापक ज्याक मा ?



अ+ अ-

काठमाडौँ । अलिबाबाका संस्थापक एवं चिनियाँ धनाढ्य ज्याक मासहितको टोली काठमाडौँ आएको छ । उनी आठ जनाको टोलीसहित निजी विमानमार्फत काठमाडौँ आइपुगेका हुन् ।

अध्यागमन विभागका अनुसार उनीहरू सवार विमान मंगलबार दिउँसो साढे दुई बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

उनीहरू चीनबाट ढाका हुँदै काठमाडौँ आएको र नेपालमा रहँदा विशेष भेटघाट गर्ने पनि बताइएको छ । पाँच जना चिनियाँ र अन्य देशका नागरिकसहितको उक्त टोली काठमाडौँको नक्सालस्थित मेरियट होटलमा बसेको छ ।

यो टोली होटल द्वारीकामा बास बस्नेछ । यस्तै, भोलि मेघौली जानेछ भने पर्सि स्वदेश फर्किने बताइएको छ ।

मा सार्वजनिक जीवनबाट हराएको तीन वर्षपछि करिब चार महिनाअघि पुनः चीनमा देखिएका थिए ।

उनी अलिबाबा समूहका संथापक तथा कार्यकारी अध्यक्ष हुन् । साथै, उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन् ।