२३ असार २०८३, मंगलवार
,
Latest
सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपाल र पाकिस्तानको बराबरी



अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा जारी छ ।

बैंगलोरस्थित श्री कान्तीरवा स्टेडियममा जारी खेलमा पहिलो हाफ सकिँदा दुबै टोलीले गोल गर्न सकेका छैनन् ।

नेपालले पाकिस्तानलाई तुलनात्मक रुपमा केही दबाबमा राखेको छ ।

१३ औं मिनेटमा नेपाललाई गोल गर्ने अवसर थियो । नेपालले राम्रो स्थानबाट फ्रिकिक पाएको थियो । तर विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिक आकाशिन पुग्यो ।

यस्तै, ४२ औं मिनेटमा पुनः विमल घर्तीमगर गोल गर्नबाट चुके । उनले डी–बक्स भित्रबाट प्रहार गरेको बललाई सिधै पाकिस्तानका गोलरक्षक युसुफ बटले बचाउ गरे ।

दुबै टोली पहिलो जितको खोजीमा छन् । साथै, दुबै टोली नकआउट चरण पुग्नबाट बञ्चित छन् । तसर्थ दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।