७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

जन्मजात मोतियाबिन्दु भएका १० बर्षिय सागरको नि:शुल्क शल्यक्रिया पछि फेरियो दैनिकी

जन्मजात मोतियाबिन्दु भएका १० बर्षिय सागरको नि:शुल्क शल्यक्रिया पछि फेरियो दैनिकी
अ+ अ-

मोरङ । रतुवामाई नगरपालिका मोरङका १० बर्षिय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ । आँखामा जन्मजात मोतियाबिन्दको समस्या भएका कारण टाढाको बस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रस्ट देख्न थालेका छन् ।

मुनाल आदर्श विद्या सदनमा चौथो कक्षामा अध्ययनरत सागरको नेपाल नेत्रज्योति संघको पुर्वान्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत संचालित विराटनगर आँखा अस्पतालले नि:शुल्क आँखाको शल्यक्रिया गरिदिएपछि उनको दैनिकी समेत फेरिएको छ ।

सामान्य कृषि पेशामा आवद्ध उनको परिवारलाई उनको आखाँमा समस्या देखिएपछि उनको कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको थियो तर अस्पताल आएर सबैकुरा बताएपछि अस्पतालले नै उनको नि:शुल्क शल्यक्रिया गरिदिएको हो ।

सिबिएमको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक पहुँच र पुनर्वास कार्यक्रम अन्तरगतको विद्यालय आँखा र कान जाँचमा आँखा परिक्षण गर्दा सागरको दाहिने आँखामा मध्यम दृष्टि कमजोरी थियो । आँखा स्वास्थ्यकर्मीले उनलाई रिपोर्ट दिई त्यो रिपोर्ट परिवारलाई दिन र नजिकैको आँखा अस्पतालमा परामर्श गर्न भने ।

अरु दिन जस्तै सागर घर पुगेपछि परिवारलाई रिपोर्ट दिए । “रिपोर्ट हेरेपछि हामीले तुरुन्तै आँखा अस्पतालमा ल्यायौं” सागरको आमाले भन्नुभयो “हामीजस्ता सामान्य परिवारलाई बिहान खाएपछि बेलुका के खाने भन्ने हुन्छ, अब छोराको अप्रेशन गर्नुपर्छ भनेपछि कसरी गर्ने भन्ने चिन्ता थियो तर अस्पताल आएपछि यहाँ डाक्टरले सबै उपचार र शल्यक्रिया नि:शुल्कमा हुन्छ भनेपछि भगवान नै पाए जस्तो भयो ।”

“उसको आँखामा जन्मजात मोतियाबिन्दु भएकाले उसलाई आफ्नो आँखाले कतिसम्म प्रष्ट देख्छ कति टाढासम्मको कुरा पढ्न र देख्न सकिन्छ भन्ने कुरा थाहाँ नै थिएन जसका कारण उसलाई मेरा आँखामा समस्या छ वा कमजोर छ भन्ने कुरा थाँहा हुने पनि कुरै भएन” सागरको उपचारमा संलग्न नेत्र विशेषज्ञ डा।पवन श्रेष्ठले भन्नुभयो “यहि कारणले हो नियमित रुपमा आँखाको परिक्षण गर्नुपर्छ भनेको कतिपय समस्याहरु यो समस्या हो भन्ने थाहा नपाएरनै बिरामीहरुले समस्यालाई झेलिरहेका छन् ।”

अस्पतालको मेडिकल डाइरेक्टर डा.रक्षा पन्त सिटौलाले कुनै पनि नागरिकहरु उपचारबाट बञ्चित हुनु नपरोस भनेर अस्पतालले विभिन्न संघ संस्था र निकायहरुसंगको सहकार्यमा विभिन्न ठाँउहरुमा निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको र अस्पताल आउने विरामीहरु पनि आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनु नपर्ने समेत बताउनु भयो ।

“उसले हामीलाई वस्तु/शब्दहरू हेर्न समस्या भएको कुरा कहिले भनेन, समयमै बताएको भएको भए चाँडै उपचार गर्न सकिन्थ्यो । कतै हिँड्दा, पढ्ने, लेख्दा कहिलेकाहीँ उहाँलाई कठिनाइ हुने गरेको हामीले पाएका थियौं तर यो समस्यामा हामीले खासै ध्यान दिएनौ, हाम्रो गल्तीले यो अवस्था आयो,’ सागरकी आमाले भन्नुभयो ।

शल्यक्रिया पछि पट्टी खालेपछि सागरले मुस्कुराउँदै भन्नुभयो, “म पहिले भन्दा धेरै स्पष्ट देख्न सक्छु, अब म राती पनि पढ्न, लेख्न र हिँड्न सक्ने छु,’।