काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत अन्तिम खेल खेल्न लागिरहेको नेपालको पाकिस्तानविरुद्ध खेल्ने सुरुवाती–११ सार्वजनिक भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्सो अल्बर्टो एनेसले भारतविरुद्धको खेलमा घाइते भएका अञ्जन बिष्टलाई बेन्चमा राख्दै टोली घोषणा गरेका हुन् ।
अञ्जनको स्थानमा एनेसले आभाष लामिछानेलाई पहिलो रोजाइमा मौका दिएका छन् । भारतविरुद्ध घाइते भएका अञ्जन उक्त खेलको पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए ।
बैंगलोरस्थित श्री कान्तितवा रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपाल र पाकिस्तान च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिसकेका छन् ।
नेपाली टिमः
किरण चेम्जोङ (कप्तान, गोलकिपर), अनन्त तामाङ, लाकेन लिम्बु, एरिक बिष्ट, विमल घर्तीमगर, आयुष घलान, आभाष लामिछाने, देवेन्द्र तामाङ, सनिष श्रेष्ठ, मनिष डांगी, रोहित चन्द ।