काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान चीनले दिन लागेको खोप लिन बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ । चीनबाट ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ ।
नेपाल एयरलाइन्सको चार्टर विमान आज राति ११ बजे बेइजिङको लागि उड्नेछ र मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने बताईएको छ ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।








