१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके एक सेकेण्ड पनि मन्त्री पदमा बस्दिनँः पर्यटनमन्त्री आले

अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके एक सेकेण्ड पनि मन्त्री पदमा बस्दिनँः पर्यटनमन्त्री आले
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तरगतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताउनुभएको छ । 

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समिक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा नबस्ने बताउनुभएको हो । 

राज्यको दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उहाँले बताउनुभयो । विगतदेखि नै सरकारी जग्गाहरुमा अतिक्रमण भइराखेको भएपनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उहाँले बताउनुभयो । पदमा बसुन्जेल इमान्दारपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री आलेले सरकारी नियुक्ती पाएका कर्मचारीहरुले अन्य व्यक्तिहरुसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिनुभयो । 

उहाँले भन्नुभयो – ‘नारायणहिटी दरबार संग्रहालयको कुरा भो, धर्मशालाको कुरा भयो । मैले भनेको छु साथीहरुलाई पब्लिकको कोर्टमा यो बल गएको छ । यदी यो प्रोर्पटी हामीले रिटर्न ल्याउन सकेनौँ भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन म । मलाई त्यो नैतिकता पनि छैन । म बस्न पनि सक्दैन । राज्यको सम्पती दोहन भएको छ त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो । सचिवजीको हो । हामी सबै मन्त्रालय, सरोकारवाला, पशुपति क्षेत्र विकास कोष हामी सबैको साझा समस्या हो यो । हामी एक्टिभ्ली लागौँ । 

गोठाटारमा सयौँ टहरा बनेर त्यहाँ अतिक्रमण भइराखेको छ । विगतदेखि हामी टुलुटुलु हेरेर बसेका छौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गर्न पाइन्छ ? खोइ त ध्यान गएको त्यहाँ ? त्यसको लागि सचिव महेश्वर न्यौपाने नै चाहिने ? प्रेम आले नै चाहिने मन्त्री ? विगतदेखि सिस्टम बिग्रेको अवस्था मैले देखेको छु । हामी जतिदिन बस्छौँ, देशको लागि काम गर्छौ । राष्ट्रको लागि काम गर्छौ । इमान्दारीताका साथ काम गर्छौ । र यसमा कसैले पनि गल्ती नगर्नु होला । कार्यालयमा नियुक्ती पाएका साथीहरु विभिन्न अर्को मान्छेसँग बसेर सेटिङ गर्ने यस्तो कामहरु भयो भने यो सह्य हुनेवाला छैन । तपाईहरु राम्रो सँग काम गर्नुस् ।’

नेपालका क्यासिनोहरुले बिगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उहाँले अहिले मन्त्रालय कर उठाउन लागेको बताउनुभयो । आफुले राम्रो काम गरिरहेपनि केही मिडियाहरु भने आफ्नो विरुद्धमा लागेको भन्दै उहाँले गलत समाचारमा विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिनुभयो । उहाँले भन्नुभयो – ‘अहिले अर्थतन्त्र एकदम धराशयी भएको बेलामा कम्तीमा क्यासिनोमा अरबौँ रुपैयाँ राज्यले उठाउनुपर्ने तर उसले तिर्दैन । 

जुनसुकै मन्त्री आउँदाखेरी पनि यसो अलिअलि ट्याकटुक, ट्याकटुक मिलायो अनि त्यसपछि त्यत्तिकै बेरुजु, बेरुजु हुँदै जाने, महालेखाको मिटिङमा हामी जाँदाखेरी, लेखा समितिले बोलाउँदाखेरी त्यहाँ शिर निहु¥याउनुपर्छ । किनकी बेरुजु छ । हामीले असुल गर्न सकेका छैनौँ । यि सबै बेरुजु असुल गर्नका लागि मन्त्रालयका सचिवज्यू, विभागका महानिर्देशक लगायत हाम्रो सबै टिम नै सहयोग गरेको हुनाले हामी अहिलेसम्म सफल भएका छौँ । कहिलेकाहीँ त विभिन्न मिडियामा, अनलाइनहरुमा ति खरिदिएका अनलाइनहरु, दशहजार, बिसहजारमा बिक्ने अनलाइनहरुले विभिन्न मिडियामा दिग्भ्रमित समाचारहरु सम्प्रेषण गर्छन् । त्यो सत्यता होइन । हामी जे गरिराखेका छौँ देशका लागि गरिराखेका छौँ । र आफ्नो दायित्व हामीले पुरा गरिराखेका छौँ । राष्ट्रका लागि केही गरौँ । हामी सधैँ हुने त होइन, जति समय हामी हुन्छौँ गरौँ न देशको लागि । एउटा परिवर्तन ल्याउँ न हामी ।’

मन्त्री आलेले पुँजिगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । पर्यटन मन्त्रालयको पुँजिगत खर्च न्युन छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिनेगरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।