• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

एकदिवसीय विश्वकपको खेलतालिका सार्वजनिक, भारत र पाकिस्तानबीचको खेल १५ अक्टुबरमा



एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ ।

सन् २०२३ को पुरुष एकदिवसीय विश्वकप अक्टोबर ५ मा भारतको अहमदाबादमा सुरु हुनेछ । खेल भारतका १० स्थानमा आयोजना हुनेछ र फाइनल खेल पनि अहमदाबादमा नोभेम्बर १८ मा हुनेछ । सेमिफाइनल खेल नोभेम्बर १५ र १६ मा मुम्बई र कोलकातामा हुनेछ ।

प्रतियोगिताको सबैभन्दा चर्चित खेल अर्थात भारत–पाकिस्तानको खेल अक्टोबर १५ मा नरेन्द्र मोदी स्टेडियममा हुनेछ । यद्यपि, भारतले विश्वकपको सुरुवात भने अस्ट्रेलियासँग खेलेर गर्नेछ । यो खेल ८ अक्टोबरमा चेन्नईमा हुनेछ ।

४६ दिनको अवधिमा ४५ लिग खेल र तीन नकआउट अहमदाबाद, बैंगलोर, चेन्नई, दिल्ली, धर्मशाला, हैदरावाद, कोलकाता, लखनउ, मुम्बई र पुणेमा खेलाइनेछ ।

दुई सेमिफाइनल र फाइनल सबै रिजर्भ दिन हुनेछ । प्रतियोगितामा ६ दिने लिग खेलहरू छन्, जुन भारतीय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनेछ । अन्य सबै खेलहरू भारतीय समय अनुसार दिउँसो २ः०० बजे सुरु हुने दिन/रातका खेल हुनेछन् ।

यदि भारत सेमिफाइनलको लागि छनोट भयो भने उसको विपक्षी पाकिस्तान नभएसम्म त्यो खेल मुम्बईमा हुनेछ । तर पाकिस्तान पनि सेमिफाइनलमा छनोट भयो र भारतसँग मुकाबिला हुने भयो भने त्यस्तो अवस्थामा खेल कोलकातामा खेलिने आईसीसीले पुष्टि गरेको छ।

लामो समयदेखि प्रतिक्षा गरिएको र धेरै ढिलाइ भएको विश्वकपको तालिका प्रतियोगिता सुरु हुनुभन्दा १०० दिनअघि अन्ततः आईसीसी र बीसीसीआईले मंगलबार मुम्बईमा आयोजित एक कार्यक्रममा जारी गरेका हुन् । तुलनात्मक रूपमा इङ्गल्याण्ड र वेल्समा २०१९ को विश्वकप र अष्ट्रेलिया र न्युजिल्याण्डमा २०१५ को विश्वकपका लागि खेलहरू १२ महिनाभन्दा अघि जारी गरिएको थियो ।

यो ढाँचा २०१९ मा जस्तै हुनेछ, जसमा दस टोलीले लिग चरणमा एक अर्कासँग खेल्नेछन् र शीर्ष चार सेमिफाइनलका लागि छनोट हुनेछन् ।

भारत आयोजकका रूपमा प्रतियोगिताको लागि छनोट भएको छ भने अफगानिस्तान, अष्ट्रेलिया, इङ्गल्याण्ड, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिकाले २०२०/२०२३ विश्वकप सुपर लिगको शीर्ष आठमा स्थान बनाएका थिए ।

बाँकी दुई टोली जिम्बाब्वेमा जारी विश्वकप छनोटमा छनोट हुनेछन् जसमा श्रीलंका, वेस्ट इन्डिज, आयरल्यान्ड, नेपाल, नेदरल्यान्ड्स, ओमान, स्कटल्याण्ड, युएई, अमेरिका र जिम्बाब्वेले प्रतिस्पर्धा गर्दैछन् ।