७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नूस्: प्रधानमन्त्री

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नूस्: प्रधानमन्त्री
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभएको छ।

मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत स्मरण गराउनुभएको छ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु।’’

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

मुलुुककै जेठो यस त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसको अवसरमा विश्वविद्यालय परिवारलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु।

त्रिभुवन विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान र सङ्कायबाट विभिन्न विषयमा आवश्यक मापदण्ड पूरा गरेर तोकिएको परीक्षासमेत उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गर्न बसेको विश्वविद्यालय सभाको यस गरिमामय वार्षिक दिवस बैठकमा सहभागी हुने सुअवसर प्राप्त भएकोमा गौरवान्वित भएको छु।

कुलपतिको हैसियतबाट मैले नेपालका विश्वविद्यालयहरूका शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक पक्षलाई गम्भीरतापूर्वक नियालेको हुन्छु। त्रिभुवन विश्वविद्यालयको वर्तमान शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधिबारे मैले विभिन्न श्रोतबाट आवश्यक जानकारी हासिल गर्ने गरेको छु। यस विश्वविद्यालयले भोगिरहेका समस्याहरू, ती समस्याका कारणहरू र समाधानका उपायहरूबारे विश्वविद्यालयका पदाधिकारीज्यूहरू र सरोकारवालाहरूसँगको भेटघाट, सम्वाद एवम् विश्वविद्यालयका बिभिन्न औपचारिक कार्यक्रमहरूमा छलफल हुने र निर्णयसमेत लिने गरिएको छ। त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको कुरा यस गरिमामय सभामा उल्लेख गर्नु सान्दर्भिक नै ठानेको छु।

त्रिभुवन विश्वविद्यालयमा आबद्ध शिक्षक, कर्मचारीका प्रतिनिधिहरू, विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवम् छलफलका आधारमा प्राप्त सूचना र जनचाहनाअनुरुप त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरू बनाई अगाडि बढनु अत्यावश्यक छ। यसका लागि विश्वविद्यालयबाट पेस हुने उपर्युक्त योजना र कार्यक्रममा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु। विश्वविद्यालयका समस्याहरूको समाधान सम्वाद एवम् रचनात्मक सहयोगबाट गर्नुहुने सबै सरोकारवालासँग हार्दिक अपील गर्दछु।

आज विश्वविद्यालय सभाको वार्षिक दिवस बैठकलगत्तै सभाको साधारण बैठकसमेत बसी त्रि।वि।को आर्थिक वर्ष २०८०।०८१ को प्रस्तावित नीति कार्यक्रम तथा बजेटमाथि छलफल गरी पारित गर्नुपर्ने हाम्रो अर्को महत्वपूर्ण कार्यभार हो। यस अवसरमा म विश्वविद्यालयबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरूबाट नेपालको आवश्यकता, जनचाहना र विश्वपरिवेश अनुकूल गुणात्मक रूपले प्रतिस्पर्धी विद्यार्थीहरू उत्पादन गरी विश्वबजारमा उचित स्थान प्राप्त गर्नसक्ने बनाउने दिशामा आवश्यक छलफल हुने विश्वास लिएको छु।
हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ रु, विद्यार्थीलाई उनीहरूको रूचिअनसारका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म देशको सबैभन्दा ठूलो विश्वविद्यालयको हैसियतमा विश्वविद्यालयलाई विशेष अनुरोध गर्दछु। विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु।

नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि म सदैव अग्रसर रहनेछु। साथै देशको जेठो तथा ठूलो विश्वविद्यालय भएका हैसियतले यस विश्वविद्यालयको नेपालमा स्थापित अन्य विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई समेत पठनपाठन तथा अनुसन्धान कार्यहरूमा नेतृत्व तथा मार्गनिर्देश गर्ने दायित्व रहेको कुरा स्मरण गराउँछु। मुलुकको संघीय शासन प्रणालीअनुसार उच्च शिक्षाको पुनःसंरचनामा पनि यस विश्वविद्यालयले अग्रणी नेतृत्व लिन विशेष अपील गर्दछु।

त्रि।वि।लाई विविध किसिमले आवश्यक सहयोग गरी आजको स्थितिसम्म विकसित गर्न योगदान पु¥याउनुहुने सम्पूर्ण प्राज्ञजनहरू, प्राध्यापक, कर्मचारी, अभिभावक, विद्यार्थी, जग्गादाता, दातृ निकाय, सञ्चारकर्मी लगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै त्रि।वि। सभाको आजको यस गरिमामय बैठकबाट त्रिभुवन विश्वविद्यालयको ६१ औँ ग्रेस लिष्ट पारित भई उपाधि प्राप्त गर्नुहुने सबै उम्मेदवारहरूलाई हार्दिक बधाइका साथ उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछु।

फोटो -प्रधानमन्त्रीको सचिवालय