काठमाडौं । नेपालमा कोरोना महामारीको दोस्रो लहर आएको कारणले निषेधाज्ञा जारी छ । गत वैशाख १६ गतेबाट काठमाडौं लगायत अन्य केही स्थानमा निषेधाज्ञा जारी गरिएको हो । सबै विद्यालयहरु बन्द छन् ।
लाखौँ बालबालिका एसईईको परीक्षाबारे चिन्तित भएको जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले उल्लेख गर्नु भएको छ । कोभिड महामारीको समयमा बालबालिकालाई विद्यालयमा घन्टौं राखेर परीक्षा लिदाँ संक्रमण घरघरमा पुग्ने जोखिम हुने बारे उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।
त्यस्तै दुरदराजका बालबालिकामा अनलाइन क्लासको पहुँच नहुन सक्ने हुनाले उच्च माध्यमिक शिक्षा परिषद्ले आन्तरिक मुल्यांकनको आधारमा गतसाल जस्तै यसपटक पनि छिटो निर्णय गर्नु जरुरी भएको उहाँले सुझाउनु भएको छ ।
कक्षा १२ का विद्यार्थीको हकमा अनलाइन परीक्षाको बिकल्प नरहेको पनि उहाँले बताउनु भएको छ । डा. पाण्डेले भन्नुभयो, "यो स्कुलबाट कलेजमा जाने परीक्षा भएको हुँदा कुनै न कुनै बैध तरिकाले नन–फिजिकल परीक्षा लिनु सुरक्षित हुन्छ ।"








