११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

नर्भिक हस्पिटलमा सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’

नर्भिक हस्पिटलमा सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’
अ अ+ अ-

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ । पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरिएको जनाएको छ ।

अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोष्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले निकै सस्तो दररेटको प्याकेज घोषणा गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोष्ट कोभिडसँगै सामान्य आर्थिक अवस्था भएका बिरामीले कोभिडपछि आउने स्वास्थ्य समस्याको सरल, सहज र सस्तो दरमा समाधानको अवसर हस्पिटलले प्रदान गरेको छ ।

पोस्ट कोभिड प्याकेजअन्तर्गत दुई प्रकारका प्याकेज घोषणा गरिएको छ । अस्पतालले रु सात हजार ५०० र रु १४ हजार ५०० गरी सस्तो दररेटको प्याकेज तथा सिटी स्क्यानसहितको प्याकेज सार्वजनिक गरेको छ । सस्तो प्याकेजअन्तर्गत बिरामीको सिबिसी, कोभिड एन्टीबडी, सिआरपी, डी डाइमर, चेस्ट एक्स–रे लगायतका जाँचको सुविधा उपलब्ध हुनेछ भने सोही शुल्कमा विशेषज्ञ चिकित्सकको परामर्श सेवासमेत उपलब्ध हुनेछ ।

यस्तै चेस्ट एक्स–रेको ठाउँमा कसैले सिटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको दर भने केही बढ्न सक्छ । दोस्रो प्याकेजअन्तर्गत सिटी स्क्यानसहितको प्याकेजको दर रु १४ हजार ५०० तोकिएको छ । सो प्याकेज आफ्नो सुविधाअनुसार लिनका लागि इच्छुकले अस्पतालको सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुकसमेत गर्न सक्नेछन् । यस्तै सोझै अस्पतालमा नै गएर पनि पोस्ट कोभिड प्याकेज लिन सकिनेछ ।

नर्भिक हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेको सङ्ख्यासँगै मृत्युदरमा समेत वृद्धि भएको छ । 

कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाइ लाग्ने, छाती दुख्ने, निद्रा नलाग्ने, डिप्रेशन हुने, ब्लडप्रेसर हुने, हिँड्दा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिने गर्छन् । यस्ता समस्यालाई बेवास्ता नगरी तुरुन्त अस्पताल जान बिरामीलाई चिकित्सक जैसवालले आग्रह गर्नुभयो । रासस