१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

छुवाछुतमा डर छ कि डलर ?

छुवाछुतमा डर छ कि डलर ?
अ अ+ अ-

नेपाली समाज अर्थ, भूगोल, धर्म, राजनीति आदि विधाबाट विभाजित छ । यी विभाजनले कतै खाडल खनेको छ, केहीमा द्वन्द्व उपन्न गराएको छ, कसैमा वैमनस्य जन्माएको छ । धर्मका नाममा भएको विभाजनले जात उत्पन्न गरिदियो । जातलाई युगानुकूल नबुझ्दा छुत, अछुत गरी भाइचारलाई भद्रगोल बनाइदियो । उच्च र निच, पवित्र र अपवित्रजस्ता भावले सृजना गरेको भेदभावलाई छुवाछुत भनियो । छुन हुने र नहुने विभेदको जरो धर्मको जस्तो देखिए पनि राजनीतिक दुराग्रहले यसलाई उमारेको हो । वेद, पुराण, गीता, मन्धुम, त्रिपिटक आदि ग्रन्थहरुले कुन जात र थरका मानिसलाई कसले छुन हुने र नहुने, कुन उपल्लो र तल्लो भन्ने विषयमा उल्लेख नै गरेका छैनन् ।

वेदले यी थरहरु ब्राह्मण मा पर्छन्, यी थर भएका मानिस शूद्र हुन् भनेको छैन ।ब्राह्मण  ज्ञानले, क्षत्रिय बलले, वैश्य व्यापारले, शूद्र सेवाभावले आदरणीय हुन्छन् । हाम्रा शास्त्रले सबैलाई समान स्थान र भूमिका दिन्छन् । यो थर भएकाले मात्र लुगा सिलाउने, छाला र फलामको काम गर्ने, कर्मकाण्ड गर्ने भन्ने निर्देशन शास्त्रले दिएको छैन । चार जातको काम, कर्तव्यको चर्चा स्मृति आदि ग्रन्थमा छ तर त्यहाँ पनि यी यी थरहरु यो जातमा पर्छ भनिएको छैन । किन कि जतिवेला वेद, पुराण आदि लेखियो त्यतिबेलासम्म थरको जन्म नै भएको थिएन भने छुवाछुत कहाँबाट उत्पन्न हुनु । धर्मगुरु निदाएको, राजनीति सुस्ताएको, शकुनि जागेको अवस्था पारेर छुवाछुतको जन्मदाता धर्मलाई मानिएको छ ।

राजनीतिले जन्माएको छुवाछुतमा हिन्दूधर्मको रङ्क पोतेर जबरजस्ती नेपालीलाई बोकाइएको छ । पश्चिमाले मिलेको नेपाली समाज, एकजुट भएको समुदाय, आत्मीय परिवारलाई फुटाउन छुवाछुतको डढेलोमा डलरको चरु र जातको तेल होमिदिएका छन् । उपनिवेशलाई जन्माउने, विकासोन्मुख राष्ट्रका स्रोत र साधनमाथि गिद्दे नजर राख्ने  पश्चिमाहरुबाट वैदिक धर्म, शास्त्र र पुर्खाको बदनाम गराउने भगीरथ प्रयास हुँदै आएको छ । हिन्दूधर्मले विद्वत्ता, दक्षता, रुचि, पेशाअनुसार जातको निर्धारण गर्छ । जातिव्यवस्थालाई बन्द व्यवस्था भनेर अहिले गलत व्याख्या गरिएको छ ।

वास्तवमा थरचाहिँ बन्द व्यवस्था हो, जात परिवर्तनशील व्यवस्था हो । थरको उत्पत्तिपछि छुवाछुतजस्तो अमानवीय एवं निन्दनीय कुप्रथाहरू देखा परेका हुन् । जस्तै भगवान् वेदव्यासको जन्म मत्स्यगन्धा नामकी शूद्र कन्याबाट भएको थियो । वेदका मन्त्रहरू सङ्कलन गरी चार भागमा विभाजन गरेका हुनाले कृष्णद्वपायनको नाम वेदव्यास हुन पुग्यो । महाभारत, अठार पुराण, अठार उपपुराणलगायतका शास्त्रहरू रचना गरेका वेदव्यास ज्ञान र ध्यानका प्रभावले शूद्रबाट ब्राéण बने । शूद्रलाई छुन हुँदैन भने ब्राéणहरूले वेद कसरी पढ्न हुन्छ ? किनकि वेदका मन्त्रहरुको सङ्कलन त शूद्र जातिमा जन्मिएका वेदव्यासले गरेका हुन् । 

जातिव्यवस्था रहेसम्म एउटै परिवारभित्र चारै जातिका मानिसहरू पाइन्थे । जस्तै बुबाले पढाउँछ भने ब्राéण, छोरा सैन्य सेवामा भए क्षत्री, बुहारी व्यापार गर्छिन् भने वैश्य, छोरी नर्स वा डाक्टर पेशामा संलग्न भए शूद्र जातिमा पर्दछिन् । एउटै व्यक्ति पढाउन जाँदा ब्राéण, व्यापार गर्दा वैश्य, सेवामूलक कार्यमा संलग्न भए शूद्र हुन्थे । एउटै व्यक्ति एकै दिनमा चारै वर्णको हुन सक्ने व्यवस्था हाम्रा धर्म र शास्त्रमा छ ।

ब्राह्मण गस्यमुखमासिद्बाहूराजन्यः कृतः ।
ऊरु तदस्ययद्वैश्यः पद्भ्यां शूद्रोगअजायत ।।
        –शुक्लयजुर्वेद (३१।११)

अर्थात्, “परमात्माको मुखबाट ब्राम्हण, पाखुराबाट क्षत्री, तिघ्राबाट वैश्य र पैतालाबाट शूद्रको जन्म भयो ।” वेदका यी साङ्केतिक वचनले पेशा, रुचि, दक्षता आदिका आधारमा मानिसलाई विभिन्न जातमा विभाजन गरिएको पुष्टि हुन्छ । थरका बाहुनलाई ब्राéण भनिएको होइन । वेदमा शूद्रजातभित्र यी यी थर पर्छन्, त्यसैले छुन हुँदैन भनेर लेखिएको छैन । बौद्धिक बल भएका ब्राह्मण (पुरोहित), शारीरिक बल भएका क्षत्रिय, आर्थिक बल भएका वैश्य, सेवभाव भएका शूद्र हुन् ।

द्वापरयुग अर्थात् आजभन्दा पाँच हजार वर्षअघिसम्म राई, कोइराला, देवकोटा, आचार्य, लिम्बू, गुरुङ आदि थरको विकाश भएको थिएन । थरको विकाशसँगै तल्लोस्तरको काम गर्ने मानिसहरूलाई हेयको दृष्टिले हेर्न थालियो । यो क्रम बढ्दै गएर अन्ततः छुवाछुतको जन्म हुन पुग्यो । विश्वकर्मा (इन्जिनियर)का सन्तानहरू कामीको दर्जामा पुगे, सामवेदका अनुयायी (गायक)हरु गाईनेमा गनिए,  छालाको उपयोगिता जान्ने विज्ञहरु सार्कीमा रुपान्तरित भए । हाम्रा कुनै पनि पुराणमा पोडे, चमार, मुहरलगायतका थर छैनन् भने तिनीहरुलाई हेप्ने, चेप्ने र थिच्ने त कुरै भएन । यस्ता विभेद युरोप र अमेरिकामा सामन्तवादी शासकले गरे भने आर्यवर्तमा महाभारतको युद्धपछि बीजारोपण हुन थाल्यो । देवीदेवता, ऋषिमुनि आदिको जात र थर दुबै छैन, न त छुवाछुतको विभेद छ ।

जस्तै महादेव, विष्णु, राम, कृष्ण, कश्यप, विश्वामित्र, वशिष्ठ आदिको थर छैन । रत्नाकार चोर थिए, शास्त्र अध्ययनपछि ब्राह्मण  बने । रावणका तीन दाजुभाइमा रावण र कुम्भकर्ण खराब कर्मले राक्षस भए तर विभीषण क्षत्रिय राजा र चिरञ्जीवि बने । क्षत्रिय वंशमा जन्मिएका विश्वामित्र पनि योग, साधना, जप, तप र ब्रम्हचिन्तनले ब्रम्हर्षि बने । हिन्दूधर्मले सवरी र रामलाई, कृष्ण र सुदामलाई जोडेको छ । डाकुलाई वाल्मीकि र मूर्खदासलाई कालीदास बनाएको छ । हाम्रा शास्त्रले ज्ञानलाई शिरमा राख्छ जातलाई हेरेर ढोग्न र तिनका पछि लाग्न भन्दैन ।   

जातो व्यासस्तु कैवत्र्यां श्वपाक्यां तु पराशरः ।
वेश्याया गर्भसंभूतो वशिष्ठस्तु महामुनिः ।।

अर्थात्, “माझीकी छोरीबाट जन्मिएका वेदव्यास सबैका पूज्य भए, चण्डालपुत्रका  पराशरसमेत ऋषिहरूमा पूज्य भए, वेश्याबाट जन्मिएका वशिष्ठ ब्रम्हर्षि बने ।” आफ्नो परिचय आफैँले बनाउनुपर्छ । पुर्खाको विरासदमा कुर्लन हुँदैन भन्ने ज्ञान हाम्रा शास्त्र र पुर्खाले दिन्छन् । ब्रम्हाजीले सबै प्राणीको सृष्टि गरे तर यिनीहरु पवित्र समूहमा पर्छन् बाँकी अछुत हुन् भनेनन् । मनुष्यहरु मनु र सतरुपाका सन्तान हुन् तर मनुस्मृतिले यी थरहरु पवित्र र अरु अछुत भनेन । वृहदारण्यकोपनिषद्मा गौतम ऋषिले राजासँग ज्ञान लिएको, राजा जनकसँग विभिन्न विद्वान्, विदुषीले शिक्षा लिएको उदाहरणहरू पाइन्छन् । जातिवादले छुवाछुत जन्माएको भए त क्षत्रीसँग ब्राम्हणले पढ्नै नहुने । ब्राम्हणले मात्र पढाउनुपर्छ, उपदेश दिनुपर्छ भन्ने छैन ।

गीतामा पनि विभिन्न समयमा विद्या कमजोर भएको र ब्राéणइतरका महामनाहरूले ज्ञान प्रचार र उत्थानमा सहयोग पु(याएको इतिहास छ । हरिवंशपुराणमा भनिएको छ– नाभागारिष्टपुत्रौ द्वौ वैश्यौ ब्राम्हणतां गतौ अर्थात् नाभागारिष्टका दुई पुत्र वैश्यबाट ब्राéण भए । विभिन्न समयमा भएका युद्ध र दैवीविपत्ति र राजनीतिबाट छुवाछुत जन्मन पुग्यो । छुवाछुत जन्मन निम्न घटनाहरु पनि कारण बन्न पुगे ।  

(१) महाभारतको युद्धमा विद्या, विकाश, वैभव र विज्ञानको सर्वविनाश भयो । योग्य विद्वान्, परिश्रमी, युवा, अथाहा कला, सम्पत्ति र सम्पदा यही युद्धमा सखाप हुन पुगे । महाभारत युद्धसँगै उपत्न अस्थिर राजनीतिलाई व्यवस्थापन गर्न शासकहरुले अनेक हत्कण्डा अपनाउन थाले । विद्वान्हरु पनि शासकका दास र कामदारजस्ता बन्न पुगे । गुरुकुल र वंशपरम्पराबाट अगाडि बढ्दै आएको शिक्षा व्यवस्था कमजोर बन्दै जाँदा समाज, संस्कृति र सभ्यता रुग्ण हुन थाले ।  

(२) तक्षशीला, विक्रमशीला, नालन्दाजस्ता विश्वविद्यालयमा आगो लाग्यो । विशाल आर्यवर्त ससाना राज्यमा विभाजित हुन पुग्दा राज्यबाट विद्या, विज्ञान, संस्कृति, संस्कार संरक्षणमा ध्यान पुग्न सकेनन् र कुप्रथाहरुले जरा गाड्न पुग्यो ।  

(३) लामो समयसम्म भारतमा मुसलमानले शासन चलाए । उनीहरूको शासनकालमा कैयौँ हिन्दूहरू बाँच्नका लागि इस्लाम(मुसलमान) बने । अंग्रेजहरु प्रवेशसँगै यहाँका हरेक पक्ष बिटुला, छिन्नभिन्न र अस्तित्वबिहीन बन्न पुगे । अङ्ग्रेजले त न्वारनकै बल लगाएर बोक्सी, सती, छुवाछुत प्रथा हिन्दूधर्मको पेवा हो भनेर रटान लगाए । यसरी गलत मान्यता र परम्परा बिस्तारै धर्मका अङ्ग बन्न पुगे । किनेर, भ्रम छरेर, विभीषण जन्माएर, विवाद खडा गरेर विदेशीले हाम्रो गौरव गाथालाई गलाउन, गडाउन र सडाउन लागि परे । हाम्रो धर्म, शिक्षा, संस्कार, राजनीति, ज्ञान, भाषा, पहिरन, इमानलाई अंग्रेजले उठ्न नसक्ने, उठे पनि हिँड्न नसक्ने, हिँडे पनि दौडन नसक्ने अवस्थामा पु-याइदिए । यसबाट छुट्करा पाउन हामीले शास्त्र पढ्न, इतिहास बुझ्न र विदेशीको प्रभावबाट जोगिन आवश्यक छ । यसका लागि आगामी दुई सय वर्ष इमान्दारीका साथ कडा मिहिनेत गर्नुपर्छ ।

नेपालबाट छुवाछुत हटाउने हो भने थरलाई हटाएर गोत्र, पाछा, सामे मात्र राख्नुपर्छ । जस्तै चामलिङ राईहरूको दोवालीछा पाछा हो, उनीहरूले राई नलेखेर दोवालीछा लेख्ने । आत्रेय गोत्र भएका पोखरेलहरूले नामको पछाडि आत्रेय लेख्ने । छुवाछुतको चपेटामा परेकाहरूलाई आर्थिक, शैक्षिक, साँस्कृतिकरुपमा सबल तुल्याउने । यहाँ त छुवाछुत हटाउने नाममा केहीको व्यापार फैलिएको छ, राजनीति मौलाएको छ, विदेशीको चलखेल बढेको छ, टाठाबाठाको खेती फस्टाएको छ, लक्षित समूह भने सबैको खेलौना भएका छन् । चर्को भाषण र ठूला -याली गरेर, संविधानमा लेखेर, आरक्षणको घुम्टो ओडाएर छुवाछुतको अन्त्य हुँदैन ।

जयस्थिति मल्लले चार जात ३६ वर्णमा विभाजित गरेको नेपाली समाजलाई जङ्गबहादुरले वि. सं. १९१० मा मुलुकी ऐन ल्याएर विश्रृङ्खलित बनाए । यसलाई हटाउन वि. सं. २०२० सालमा राजा महेन्द्रले नयाँ मुलुकी ऐन ल्याएका थिए । प्रभावकारी कार्यान्वयनको अभावमा प्रतिफलमुखी हुन सकेन । अहिले यसलाई निको पार्नतिर नलागेर खाने भाँडो, माग्ने झोली, विभाजन गराउने खाँडो बनाउँदैछन् । बाह्य सहयोग र धर्मपरिवर्तनबाट समस्या समाधान हुन सक्दैन । 

तं शशाप कुलाचार्यः कृतागसमकामतः ।
न क्षत्रबन्धुः शूद्रस्त्वं कर्मणा भवितामुना ।।
            –श्रीमद्भागवत्पुराण (९।२।९)

पृषध्रले गाईको हत्या गरेको हुनाले शूद्र हुनुप-यो । गलत कर्म गर्नेहरु शूद्र बन्ने तर कुन थर र कुलमा जन्मियो त्यसका आधारमा शूद्र हुने व्यवस्था हाम्रा शास्त्रमा छैन । अहिले पनि तल्लो जातमा जन्मिएका कैयौँ विद्वान्, साधक वा महापुरुषहरूलाई उपल्ला जातका विद्वान्, विदुषीले मानेको, पूजेको, श्रद्धा गरेको देख्न पाइन्छ । लिम्बूकुलका महागुरु फाल्गुनन्द, राईकुलका सं. डा. स्वामी प्रपन्नाचार्यजी महाराज, क्षत्रिय कुलका योगीराज योगी नरहरिनाथ, तामाङ परिवारमा जन्मिएका कालिञ्चोकबाबा आदि यसका ज्वलन्त उदाहरण हुन् ।

आचरण, संस्कार नभएका बाहुनहरूलाई कसले सम्मान गरेको छ र ? धर्मले यो जातिलाई नछुनु, यसले ल्याएको पानी नचलाउनु, यसले पकाएको भात नखानु भनेको छैन । हुने र नहुने हामीले बनाएका हौँ र अपजश हिन्दूधर्मलाई दिन्छौँ । १२ वर्षे 'जनयुद्ध'मा गाई काटिए, पूजारी कुटिए, संस्कृतका ग्रन्थहरु जलाए, मान्छेलाई मार हाने । यसो हुँदैमा नेपालीले शास्त्र जलाउँछन्, गाई काट्छन्, मन्दिर भत्काउँछन् भन्न मिल्छ त ? कुप्रथालाई शासकले जन्माउँछन् त्यसको जिम्मा वेदले लिनुपर्ने, विकृति राजनीतिकर्मी मौलाउँछन् त्यसमा टेण्डर आह्वन हिन्दूले गर्नुपर्ने ? नकाम नेताहरु गर्छन् त्यसको ओठ पुराण र मुन्धुमले ढाकिदिनु पर्ने ? गीतामा श्रीकृष्णले भन्नुभएको छ– चातुर्वण्र्यं मया सृष्टं गुणकर्म विभागशः चार वर्णको जन्म मैले गुण र कर्मका आधारमा गरेको हूँ । न जन्मतो न जनकाद् ब्रम्हतेजः प्रजायते जस्ता मान्यता यसैका परिपोषक हुन् । छुवाछुत न त धर्मले, न त हाम्रा पुर्खाले, न त हाम्रो संस्कृतिले जन्माएका हुन् ।

यसलाई उन्मूलन गराउन पश्चिमाले खर्च गर्छन्, राजनीतिकर्मीहरुले चुनावको मुद्दा बनाउँछन्, मानवअधिकारकर्मीहरुले कुर्लन्छन् तर जरोमा बसेर कसैले उपचार गर्दैनन् । यो रोग हो उपचार गर्नुपर्छ तर यसलाई विज्ञापन गरी भड्काउँदा केहीको रासनपानी चल्ने हुँदा शासकहरु मौन छन्, यसका विज्ञहरु मूकदर्शक छन् । हामी वसुधैवकुटुम्बकम्, सहनाभवतुको नारा लिएर प्राणी र प्रकृतिलाई माया गर्छौ भने नेपालीनेपालीबीच किन अभद्र र अमानवीय कर्म गर्न रुचाउँछौँ ? नेपाल गरिब हुनमा, नेपालीबीच फुट आउनमा विदेशबाट लादिएको मनोवैज्ञानिक शिक्षा, उनीहरुले रटाइदिएको गलत इतिहास, उनीहरुले खुवाइदिएको डलर हो । त्यसकारण यसको अपजश र ठेक्का हिन्दूधर्मले लिन सक्तैन ।