काठमाडौं । कोरोना संक्रमणका कारण उपचाररत विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएपनि चिकित्सकहरुले हरसंभव प्रयास गरिरहेको बताएका छन् ।
मेडिसिटी अस्पतालले कोरोनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि भाइरसले त्यसअघि दीर्घकालिन क्षति गरिसकेको जनाएको छ ।
थापाको कोरोना संक्रमण पुष्टि भइ स्वास्थ्य अवस्था जटिल भएसँगै अहिले भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको छ ।
‘अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरु हरसंभव प्रयाशमा छन्। तपाईँ हाम्रो प्रार्थना र सकारात्मक उर्जा कायम राखौँ ।’आज अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।








