८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

भक्तपुरमा ६ महिनामा मानव अधिकार हननका १२० घट्ना सार्वजनिक

भक्तपुरमा ६ महिनामा मानव अधिकार हननका १२० घट्ना सार्वजनिक
अ+ अ-

भक्तपुर । भक्तपुर जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका १२० वटा घट्ना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला समन्वय समिति भक्तपुरको सभाहलमा आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२३ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हननका घट्नाको सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीले घट्नाको तथ्यांक सार्वजनिक गर्दै यस ६ महिनाको अबधीमा एक जनाको हत्या, चार जनाको हत्या प्रयास, २१ जनाको बलात्कार, २ जना बलात्कार प्रयास, बाल यौन दुव्र्यबहारबाट ५ जना र बहुबिवाहबाट २ जना पीडित भएका छन् । त्यस्तै अभद्र व्यबहारबाट ५१ जना महिला, घरेलु हिंसाबाट ३२ जना महिला,  आत्महत्या दुरुत्सानमा २ जना पीडित भएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर थापाले राज्य आफैले नयाँ प्रकृतिको हिंसा गर्दै गइरहेको र राज्य नै नीीतगत हिंसाको लागेको बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकारको क्षेत्रको अन्वेषणको दायरालाई फराकिलो पार्नुपर्ने बताउदै भन्नुभयो, “राज्यनै हिंसा गर्दैछ, राज्य प्राकृतिक दोहण गर्दै मानवीय संकट निम्त्याउदै छ, मंहगी बढाएर बाँच्न मुश्किल बनाउदैछ, यस्ता अधिकारका विषयलाई पनि इन्सेकले मानव अधिकार भित्र समेटेर लैजानु पर्छ ।”

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानव अधिकार आयोग गठन नहुदै इन्सेकले मानव अधिकारका यथाथए बिबरण राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुर्याउदै आएको चर्चा गर्नु भयो ।

उहाँले इन्सेक र यसको तथ्यांकलाई राज्यले बहुत ठूलो महत्व दिएको छ भन्दै उहाँले राज्यले समायनुकुल ऐन, कानूनलाई परिमार्जन गर्दै लैजानु पर्ने औल्याउनु भयो । उहाँले भन्नुभयो, “२० वर्ष नभई बिवाह गर्न कानूनले दिदैन, अहिलेको समयमा १४ वर्षमै मेचुअड देखिन्छन्, त्यसरी बिवाह भए जन्मेका बच्चाको अधिकार के हुने, बहुबिवाह दर्ता हुदैन तर उनीहरुबाट जन्मेका बच्चाको अधिकार के हुने भन्नेबारेमा राज्य स्पष्ट हुनु पर्छ, बिवाह गर्ने उमेर पनि अब घटाउनु पर्छ, यस्ता विषयमा इन्सेकले राज्उलाई सुझाब दिनुपर्छ ।”

शान्ति सुरक्षा र मानव अधिकारको रक्षा गर्न प्रहरी र प्रशासनलाई समुदायका प्रत्येक नागरिक बिना पोशाकका प्रहरीको भूमिका निर्वाह गर्ने र राजनीतिक दलले आफ्ना प्रत्येक युवा कार्यकर्तालाई यसबारेमा सचेना जगाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले साईबर क्राइम र लागू औषधका कारण अपराध बढाइरहेको बताउदै मानव अधिकार हनन हुन नदिन प्रहरी संवेदनशिल रहेकाले समुदायसँग साझृेदारी गर्दै यस्ता घट्नाको नियन्त्रणमा प्रहरी लागिरहेको बताउनुभयो ।

प्रहरीले रातोदिन दुख गरेर पक्रिएका कतिपय अपराधीलाई अदालतले सामान्य धरौटीमा छाडिदिने र ती अपराधी पुन अपराध कर्ममा लाग्ने समस्याले जकडिएको भन्दै उहाँले कानून बलियो बनाउदै कार्यन्वयनमा जानु पर्ने बताउनुभयो ।

त्यसअवसरमा नेपाल बार एशोसियन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधान, मानव अधिकारकर्मी युवराज घिमिरे, गैसस भक्तपुरका उपाध्यक्ष एवं सिविसका महासचिव अनिता पाण्डे, पत्रकार महासंघ भक्तपरका अध्यक्ष जगत प्रजापति, मानव अधिकार एलाइन्सका अध्यक्ष पुरुषोत्तम श्रेष्ठलगायतले इन्सेकले मानव अधिकारका घट्नाको अबस्थाको तथ्यांक संकलन र राज्यलाई सुझाब दिने विषयमा दायरा फराकिलो पार्दै जानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक  एसपी प्रकाश आचार्य, शसस्त्र प्रहरी बल दुवाकोटका शसस्त्र प्रहरीका डिएसपी राममणी पौडेल, नेपाली सेनाका इन्द्र बक्स गढा भक्तपुरका मेजर काजी बोहरालगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधि एवं पत्रकार र मानवअधिकारकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रममा इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीले संकलन ६ महिनाका मानव अधिकार हनन्का घट्नाको तथ्यांक सार्वजनिक गर्नु भएको थियो भने प्रमुख अतिथि लगायत अतिथिहरुलाई मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण गर्नु भएको थियो ।