१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

तुलसीपुर आगलागीः छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए

तुलसीपुर आगलागीः छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए
अ अ+ अ-

दाङ । सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो । छोरीसहित बाँच्न सफल २८ वर्षीया हसिना मियाले भक्कानिँदै काहाली लाग्दो रातिको घटना सुनाइन् । ‘चौथो तलामा १२ वर्षका हसन बकस र १५ वर्षका मसिन बकस सुतेका थिए । हेर्दाहेर्दै आगो दन्कियो । छोराहरू पनि आउन सकेनन् ।’ सात वर्षकी छोरी इरम खातुनलाई बोकेर भुइँमा ओर्लिएकी हसिनाले भनिन् ।

उनका श्रीमान् हुसेन बक्स घरबाहिर भएका कारण बाँच्न सफल भए । शुक्रबार तुलसीपुरको ‘ङ’ लाइनमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा भएको आगलागीको घटनामा परी पाँच जनाको मृत्यु भएको थियो ।

तेस्रो तलामा सुतेका नजरदिन अलिको परिवारले दर्दनाक पीडा भोग्यो । श्रीमती लैला मिया, ७० वर्षका बुबा र पाँच वर्षको छोरालाई बाहिर पठाएपछि जनरदिन १३ वर्षीय सुजिता खातुन र ६ वर्षका छोरा आदिददिन खातुनलाई लिन भन्दै गए । तर, आगोको लप्कामा परेर दुई छोरा छोरीसहित नजर दिन आगोमै बिलाए ।

सो आगलागीमा तीन जना स्टाफसहित आठ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । प्रहरीका अनुसार सो घरमा अर्को कस्मेटिक पसल पनि थियो । राति २ बजे आगलागी भएको प्रहरीले थाहा पाएको थियो ।

लगत्तै तुलसीपुर/घोराही उपमहानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रयासमा बिहान करिब ७ बजे आगो निन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुर डीएसपी श्यामु अर्यालले जानकारी दिए । आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि मात्रै प्रहरीले पाँच जनाको शव बाहिर निकाल्न सफल भएको थियो । यसैबीच प्रहरीले ७ करोडबराबरको क्षति भएको बताएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको निष्कर्ष
प्रहरीले विद्युत् सर्ट भएर घटना भएको हुन सक्ने निष्कर्ष निकालेको छ । ‘घटनाको प्रकृति हेर्दा र अन्य कुराहरू बुझ्दा विद्युत् सर्ट भएर आगलागी भएको देखिन्छ,’ डीएसी अर्यालले भने ।

शोकमा तुलसीपुर बजार बन्द
पाँच जनाको ज्यान जानेगरी भएको आगलागीको घटनाको शोकमा तुलसीपुरका व्यवसायीले एक दिन तुलसीपुर बजार बन्द गरेका छन् । तुलसीपुर चेम्बर अफ कमर्स र तुलसीपुर उद्योग वाणिज्य संघको आह्वानमा तुलसीपुर बजार एक दिन बन्द गरिएको हो । यसैबीच तुुलसीपुर चेम्बर अफ कर्मसका अध्यक्ष टोपबहादुर घर्तीले घटनाप्रति दुःख व्यक्त गर्दै उचित राहतका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरेका छन् । राजधानी दैनिकमा ओपेन्द्र बस्नेतले समाचार लेखेका छन् ।