६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी फौजमा नेपाली पुगेकोबारे सरकारको गहिरो ध्यान गएको छ– प्रधानमन्त्री



तस्बिर: रासस
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा नेपाली युवाहरूको प्रवेशको बारेमा सरकारको गहिरो ध्यान गएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा नेकपा ९एमाले० का सांसद अच्युत मैनालीको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले रुसको नामै नलिई अप्रत्यक्ष जवाफ दिँदै सरकारको गहिरो ध्यान गएको बताउनुभयो ।

सांसद मैनालीले रुस र युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाहरूको संलग्नताको विषयमा सरकारको जवाफ चाहन्छु भनी सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान छ भन्ने कुरा पनि राख्न चाहन्छु ।”