१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई रन बनाएर आउट भए भीम सार्की



अ+ अ-

काठमाडौँ । जिम्बावेमा जारी विश्वकप छनोट खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । जिम्बावेको हरारे क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेटमा भरपर्दो ब्याटर भीम सार्की गुमाएको हो । उनी दुई रन बनाएर ज्यासन होल्डरको बलबाट आउट हुन पुगे ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी ५ रन बनाएर वेस्ट इन्डिजका अल्जारी जोसेफको बलमा आउट भएका थिए ।

वेस्ट इन्डिजले नेपाललाई जितको लागि ३४० रनको विशाल लक्ष्य दिएको छ । यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभरमा दुई विकेटको क्षतिमा २३ रन बनाएको छ ।