७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्युनिकरण, प्रतिकार्य र पुन:निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताउनु भयो । उहाँले विपद्मा जोखिममा परेका व्यक्ति र परिवारको पुन:स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दिगो विकास तथा सुशासन समितिको आजको बैठकले विपद् जोखिम न्युनिकरण, प्रतिकार्य र पुन:निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी,जोखिममा परेका व्यक्ति र परिवारको पुन:स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका लागि पनि गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ । पूर्वी पहाडी जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याएको छ । यसको राहत, पुन: स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन गरेका छौँ ।’

समिति सभापति पन्थले पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले पुर्‍याएको क्षतिको राहत, पुन: स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन दिएको पनि बताउनु भयो ।