८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

देशले नयाँ जनआन्दोलनको माग गरिरहेको छ : प्रवक्ता श्रेष्ठ

देशले नयाँ जनआन्दोलनको माग गरिरहेको छ  : प्रवक्ता श्रेष्ठ
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले देशमा नेपाली मोडलको नयाँ जनआन्दोलन आधार तयार हुदै गएको जनाउनु भएको छ ।

देशभन्दा माथि कोही छैन र केही छैन भन्दै प्रवक्ता श्रेष्ठले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले संविधानको अपरिवर्तनीय प्रावधानमाथि खेलाँची गर्न किमार्थ नमिल्ले उल्लेख गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र नेपालीको हकहितको रक्षा हाम्रो संविधानको अपरिवर्तनीय प्रावधान हो। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले संविधानको अपरिवर्तनीय प्रावधानमाथि खेलाँची गर्न किमार्थ मिल्दैन ।

कतिपयलाई तितो लाग्न सक्छ, २००७ सालमा राणा शासनको अन्त्य गरि प्रजातन्त्र स्थापना, ०४६ मा पञ्चायती व्यवस्थाको अन्त्य गरि बहुदलीय प्रजातन्त्रको पुनःस्थापना, ०६२र६३ को आन्दोलन र आन्दोलनपछि राजसंस्थालाई पाखा लगाइ गणतन्त्रको स्थापनासम्मको हरेक परिवर्तनमा वैदेशिक हस्तक्षेप, सहयोग, समर्थन र प्रायोजन रहेको नमिठो इतिहास छ।

हालकै संविधानले समेत अपरिवर्तनीय भनेका विषयको रक्षार्थ नेपालभित्रै नेपाली जनताको तागतमा नेपाली परिवेश अनुरुपको मौलिक परिवर्तन अपरिहार्य बन्दै गएको छ। देशभक्त, राष्ट्रवादी, स्वाभिमानी नेपाली सचेत बनौं, कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका नयाँ, पुराना सबै दलभित्रका राष्ट्रवादीहरु गोलबद्ध हौं र शक्ति निर्माण गरौं। नेपाली मोडलको नयाँ जनआन्दोलनको आधार तयार पारौं।

सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन, केही छैन ।