काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।
वेस्ट इन्डिजका ओपनर ब्रन्डन किंगलाई आउट गराउदै स्पिनर सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।सन्दीपले १५औँ ओभरको तेस्रो बलमा ४२ बलमा ३२ रन बनाएका किङलाई पभेलियन फर्काउन सफल भए ।
ताजा स्थितीमा वेस्ट इन्डिजले १५.३ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन बनाएको छ ।