१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था फर्किने आशा जीवित छः सांसद जबरा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद पशुपति समशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताउनुभएको हो । उहाँले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताउनु भयो । उहाँले उहाँले आफूहरु देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ भन्ने सोचमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पाँचवटा उद्देश्य हो । हामी राष्ट्रवादी हौँ । बहुदलिय प्रजातन्त्रप्रति हामी एकदम कटिवद्ध छौँ । हामी उदारवाद, यो मुलुक एउटा उदार प्रजातन्त्रबाट मात्रै विकसित हुनसक्छ भन्ने सोचमा छौँ । साथसाथै यो मुलुक हिन्दु पनि हुनुपर्छ । बढी गौरवशाली श्रीपेच भयो भने राम्रो हुन्छ । आशा गरौँ । आशा जहिलेपनि जागृत रहनुपर्छ । मान्छे आशा नभएर अगाडी बढ्न सक्दैन । यो आशा हामीसँग जीवित छ ।’

उहाँले राप्रपासँग विचार मिल्नेहरुसँग मिलेर अगाडी बढ्ने सम्बन्धमा पनि सोचिरहेको बताउनु भयो ।