१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छ: मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा लाइभ लाइन कनेक्टिभिजी जोड्ने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरवारमा मनसुनजन्य विपद्बाट विभिन्न जिल्लामा भएको क्षतीको विषयमा भएको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो।

उहाँले सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा सडक,खानेपानी,विद्युत,खाद्यान्न लगायतका कनेक्टिभिटि तत्काल जोड्ने गरी काम गरिरहेको बताउनु भयो। उहाँले बाढी पहिरो विपद्बाट बेपत्ता भएको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको बताउनु भयो। गृहमन्त्री श्रेष्ठले बाढी पहिरो प्रभावित क्षेत्रमा स्थानीयवासी र बस्तीको स्तान्तरण नभएको भए तत्काल बस्ती स्तान्तरण गर्ने काम गरिने बताउनु भयो। उहाँले बाढी पहिराबाट मानव र बस्ती जोगाउँदै घाइतेहरुको उपचार जोड दिएर काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पूर्वका जिल्लामा भएको बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोज र उद्धारकार्यलाई प्राथमिकता दिएका छौं । स्थानीय बासी र बस्तीको स्तान्तरण नभएको भए तत्काल बस्ती स्तान्तरण गर्ने कुरालाई प्राथमिता दिन्छौं । बाढी पहिराबाट मानव र बस्ती जोगाउनु सरकारको कतव्र्य हो। बाढी पहिरोमा परेर घाइतेहरुको उपचार जोड दिएका छौं । बाढी पहिरोको कारण जनसम्पर्क कनेक्टिभिजीको समस्याको कारण खाद्यान्नको समस्या भोग्नुपरेको स्थानमा खाद्यान्न पुर्‍याउने कामलाई प्राथमिकतामा राख्छौं ।’

‘खानेपानी र विद्युत आपूर्ति सम्भव भएसम्म धान्छौं । मुख्य लाइभ लाइन कनेक्टिभिजी जोड्न सरकारको ध्यान जानेछ । यसलाई प्राथमिकताको आधारमा सरकारले कार्यायोजना बनाएर काम थालेका छौं । संघीय,प्रदेश र स्थानीय सरकारको समन्वयमा सम्पूर्ण सरकारी निकायहरुको प्रभावकारी परिचालनमा गरेर काम अघि बढाएका छौं । पुन:निर्माण र पुनवासको निम्ति सरकारले थप योजना बनाउने थालेका छौं । बाढी पहिरोबाट क्षतीग्रस्त स्थानमा आवश्यकता अनुसारको ठोसकार्यजना बनाएर काम केके गर्ने भन्ने विषयमा बिहीवार भौतिक,अर्थ,स्वास्थ्य,ऊर्जा,खानेपानी मन्त्रालयसहितको बैठक राखेको छु ।’

उहाँले कनेक्टिभिटीलाई प्राथमिकताको आधारमा सरकारले कार्यायोजना बनाएर काम थालेको बताउनु भयो। उहाँले संघीय,प्रदेश र स्थानीय सरकारको समन्वयमा सम्पूर्ण सरकारी निकायहरुको प्रभावकारी परिचालनमा गरेर काम अघि बढाएको पनि बताउनु भयो । उहाँले पुन:निर्माण र पुनवासको निम्ति सरकारले थप योजना बनाएको पनि बताउनु भयो। उहाँले बिहीवार भौतिक,अर्थ,स्वास्थ्य,ऊर्जा,खानेपानी मन्त्रालयसहितको बैठक बसेर ठोस निर्णय गर्ने बताउनु भयो।