८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी

सरकारले उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्नुपर्छ: योगेश भट्टराई

सरकारले उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्नुपर्छ: योगेश भट्टराई
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको छ ।

उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान गर्ने उद्योग अन्तरगतको मुद्दा काँग्रेस निकट विद्यार्थी संगठनमा आवद्ध नविसंघका विद्यार्थीहरुले खेपिरहेका थिए । सो मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहिनता निम्त्याएको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न सचिव भट्टराईको सरकारसँग माग थियो । उहाँले सदाचारको पक्षमा सधैं उभिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो मुद्दा फिर्ता लिने निर्णयमा कसरी हस्ताक्षर गर्न सक्नु भयो ? भनि प्रश्न समेत गर्नु भयो ।

बुधबार प्र्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले देश बनाउने जिम्मेवारी पाएको काँग्रेस र एमाले जस्ता ठूलो पार्टीका प्रतिनिधिहरुले नै मुलुकमा दण्डहिनताको स्थिति सृजना गर्ने काम गर्न नहुने बताउनु भयो । सचिव भट्टराईले भन्नु भयो, ‘प्लीज, तपाईले यो निर्णय फिर्ता लिनुस् ।’

‘र, तपाईले आफ्नो पुरानो प्रतिवद्धता, मान्यता हो । त्यसमा उभिनुस । त्यसले नै हामी जुन पार्टीलाई प्रतिनिधित्व गरिरहेका छौं नेपाली काँग्रेस, नेकपा एमाले । यस्ता ठूला राजनीतिक दलहरुले नै यस्ता बेथितिहरुको, दण्डहिनताको स्थिति तपाई–हामीले नै सृजना गर्ने हो भने यो देश कसले बनाउँछ ? यदि तपाई–हामीनै त्यो गर्ने हो भने यो देश कसले बनाउँछ । यो देश कर्ता जाँदैछ ? यो व्यवस्था, यो संविधान हामीलाई समर्थन गरेर आम जनताले दिएको त्यो अपार विश्वास, हिजोको लोकतान्त्रिक आन्दोलनहरुको दिएको साथहोस् । यदि हामीले त्यसमाथि खेलबाड गर्छौैैैैैै भने यो देश वास्तवमा गलत दिशातिर जान्छ । त्यसकारण आज म पहिलो त्यो कुरा राख्न चाहन्छु सभामुख महोदय । ’

सचिव भट्टराईले जनताको विश्वासमाथि खेलबाड गर्ने छुट सरकारलाई नभएको पनि बताउनु भयो ।