२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः पाँच वर्षपछि भारत–पाकिस्तान आमनेसामने हुँदै



अ+ अ-

एजेन्सी । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप अन्तर्गत आज बुधबार साँझ आयोजक भारत र पाकिस्तानको टोली आमनेसामने हुँदैछन् । बैंगलोरको श्री कान्तीरवा स्टेडियममा यी दुईबीचको प्रतिष्ठित खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । दुवै टोली ५ वर्षपछि फुटबल मैदानमा आमनेसामने हुन लागेका हुन् ।

साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ४ सम्म चल्नेछ । समूह ‘ए’ मा भारतसँगै नेपाल, पाकिस्तान र कुवेत छन् । समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

पाकिस्तानपछि २४ जुनमा भारतले नेपालसँग र २७ जुनमा कुवेतसँग खेल्नेछ । प्रतियोगिताका २ वटा सेमिफाइनल जुलाई १ मा र फाइनल खेल ४ जुलाईमा बैंगलोरमा हुनेछ ।

भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । टोलीले २०२१ मा अन्तिम उपाधि जितेको थियो । सन् १९९३ मा पहिलो टूर्नामेन्ट जितेर ४ पटक उपविजेता र १ पटक तेस्रो स्थानमा रहँदै भारतले ८ पटक ट्रफी कब्जा गरेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिताको १३ औं संस्करण बुधबारदेखि सुरु हुन लागेको हो ।

भारत बाहेक माल्दिभ्स २ पटक च्याम्पियन बनेको छ । योसँगै बंगलादेश, अफगानिस्तान र श्रीलंका एक–एक पटक च्याम्पियन बनेका छन् । भारतको चिर प्रतिद्वन्द्वी पाकिस्तानले भने एकपटक पनि प्रतियोगिताको फाइनल खेल्न सकेको छैन ।

भारत र पाकिस्तान सन् २०१८ पछि पहिलो पटक आमनेसामने हुँदैछन् । यसअघिको खेल साफ च्याम्पियनसिपमा नै खेलिएको थियो । यो खेल भारतले ३–१ ले जितेको थियो । भारत विरुद्ध पाकिस्तानको अन्तिम जित जुन २००५ मा भएको थियो, जब पाकिस्तानले मैत्रीपूर्ण खेल ३–० ले जितेको थियो । यी दुईबीच साफमा ८ खेल भएका छन् । जसमध्ये ६ खेलमा भारतले जित हासिल गर्दा पाकिस्तान एक पटक विजयी बन्यो । यस्तै, एक खेल भने बराबरीमा टुंगिएको थियो ।

१३ डिसेम्बर १९५९ मा भारत र पाकिस्तानको टोली पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा आमनेसामने भएका थिए । यो खेल भारतले १–० ले जितेको थियो । त्यसयता यी दुईबीच कुल २४ खेल खेलिएका छन्, जसमा भारतले ११ र पाकिस्तानले मात्र ३ खेल जितेको छ । दुवैबीच १० वटा बराबरी पनि भएको छ ।