२० माघ २०८१, आईतवार
,
Latest
जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा २० वर्ष पछि धकेलिन्छः अध्यक्ष… नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’ उदित नारायणले लाइभ शोमा एक युवतीलाई ओठमै किस गरेपछि… मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघरमा नागरिकताको माग गर्दै धर्ना बसेकामाथि प्रहरीले दमन गरेको भन्दै सांसद सिंहको निन्दा



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौँको माईतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरुमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भत्सर्ना गर्नु भएको छ ।

सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गर्नु भयो । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शुन्य समयमा बोल्दै उहाँले नागरिकतासम्बन्धि विचाराधिन मुद्दालाई किनारा लगाउन ढिलाई गर्न सर्वोच्च अदालतको पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सांसद सिंहले भन्नु भयो, ‘कही दिनदेखि नागरिकता नपाएकाहरु माईतीघर मण्डलामा धर्नामा बसेका छन । साथसाथै संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसनमा बस्नु भएको छ । उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाईज हुनुहुन्छ । एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चेकेकै छन । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने । त्यो पनि सरकारले गर्न सकिरहेको छैन । हिजो नै उनीहरुसँग जुन व्यवहार भएको छ । त्यसको भत्सर्ना गर्न चाहन्छु । किनकी कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् । सरकारसँग माग गर्न चाहन्छु । ’

सांसद सिंहले नागरिकता प्राप्तका लागि आन्दोलन गरिरहेका नागरिकमाथि प्रहरी दमन गर्नु कुनै पनि अर्थ उचित नभएको बताउनु भयो ।