६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमपूर्वमा एक हजार चार सयलाई बुस्टर डोज



अ+ अ-

रुकुमपूर्व । रुकुमपूर्वमा एक हजार चार सय जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् । 

जिल्लामा यही माघ १० गतेदेखि बुस्टर डोज लगाउन सुरु गरिएको हो । रुकुम ९पूर्व० का सूचना अधिकारी एवं कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीका अनुसार सिस्ने गाउँपालिकामा सबैभन्दा बढी एक हजार २४ जनले बुस्टर डोज लगाएका छन् । भूमे गाउँपालिकामा २०८ र पुथाउत्तरगङ्गा गाउँपालिकामा १६४ जनाले बुस्टर डोज लगाएका छन् । सिस्ने गाउँपालिकामा  स्वास्थ्य कार्यालय, भूमे र पुथाउत्तरगङ्गामा गाउँपालिकाको कार्यालयबाट खोप कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 
पुथाउत्तरगङ्गा गाउँपालिकामा बुस्टर मात्र नभई कोभिडको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्या पनि कम छ । खोपप्रति चासो नदेखाउँदा कार्यक्रम प्रभावित बन्न पुगेको गिरीले बताउनुभयो । गाउँपालिका र सम्बन्धित वडासँग समन्वय गरेर खबर गर्दा पनि नागरिक खोप लगाउनका लागि खोप केन्द्रसम्म पुग्न सकेका छैनन् । 
 
भूमे र सिस्ने गाउँपालिकामा भने खोप कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । कोभिड–१९ विरुद्धको खोपले मानिसलाई सङ्क्रमण हुनबाट र सङ्क्रमण भइहाले त्यसबाट हुने जोखिमबाट सुरक्षित गर्ने भन्दै छुटेकालाई सम्बन्धित गाउँपालिका तथा स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।