२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाराको सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सांसद मैनालीको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नु भएको छ ।

सो क्षेत्रमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्विक महत्वको सम्पदाहरु फेला परेकाले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्व सम्पदा सूचिमा सूचिकृत गर्न उपयुक्त हुने उहाँको तर्क थियो । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा शुन्य समयमा बोल्दै सांसद मैनालीले सो क्षेत्रलाई प्राचिन स्मारक संरक्षण ऐन अनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिनेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘बारा जिल्लाको सिम्रौनगढ ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो । अहिले विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्नेक्रममा विभिन्न स्थानहरुमा श्रीकृष्णको मन्दिर, स्वामि नारायणको मन्दिर एक हजार वर्ष भन्दा पुराना पुरातात्विक सम्पदाहरु फेला परिराखेको छ । तसर्थ, म सरकारसँग प्राचिन स्मारक संरक्षण ऐन अन्तरगत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस् । र, विश्व सम्पदा सूचिमा समावेश गरियोस भनेर जोडदार माग गर्न चाहन्छु ।’

सांसद मैनालीले सरकारले सो क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि पहलकदमी लिने काममा ढिलाई गर्न नहुने पनि बताउनु भयो ।