२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा ज्यान गुमाएका मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि धनगढीमा



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । मंगलबार जिप दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर धनगढी ल्याइएको छ । मन्त्री सिंहको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई धनगढीको कर्भड हलमा राखिएको छ ।

प्रदेशसभाका मुख्यमन्त्री कमल बहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहलाई श्रद्धाञ्जलीका दिएका छन् । मन्त्री सिंहको पार्थिव शरीरलाई आजै बझाङ लैजाने तयारी भइरहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको ३०औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटना भएको थियो ।

दुर्घटना लगत्तै उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो । दुर्घटनामा मन्त्री सिंहसँगै पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो ।

प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिएको छ ।