१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्छ: राजदुत श्रीवास्तव



अ+ अ-

काठमाडौँ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने बताउनु भयो । उहाँले पोखरा प्राकृतिक सौन्दर्यताका हिसावले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरु तानेको बताउनु भयो । उहाँले भारतका विभिन्न शहरका पर्यटकहरु पोखरामा आइरहेको उल्लेख गर्दै पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नका लागि भारत सरकार सहयोगका लागि तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्यटनको हिसावले हेर्ने हो भने पोखरा एकदमै राम्रो स्थान छ । भारतबाट विभिन्न शहरका मानिस पोखरा आउने गर्दछन् । हरेक वर्ष पोखरामा योग दिवस मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ । यसका लागि भरतीय दुतावास मिलेर काम गर्न तयार छ । भारतका विभिन्न प्रदेश र शहरबाट मानिसहरु अहिले पनि पोखरा आउँछन् । नयाँ सडकको माध्यमबाट भारत पोखरासँग जोडिन्छ ।’

राजदुत श्रीवास्तवले पोखरामा हरेक वर्ष योग दिवसका अवसरमा योगा कार्यक्रम हुने आशा राखेको बताउनु भयो ।