२६ श्रावण २०८३, मंगलवार
,
Latest
अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी चितवनकाे खोला किनारमा एक व्यक्ति मृत फेला लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै सन् २०३५ सम्म डिजिटल क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएकाले औपचारिकीकरण चुनौतीपूर्ण : विज्ञ पौडेल जेन–जी आन्दोलनमा नष्ट भएका स्रेस्ता गोश्वारा भौचरका आधारमा पुनः कायम गर्न सकिने प्रतिनिधि सभाको शुन्य समयः ग्यास अभावदेखि विकास आयोजनामा भएको ढिलासुस्तीसम्मका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेण्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिन्छः महालेखा परीक्षक राया ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन सर्वोच्चको पुनरावलोकनपछि कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर समूहको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु



अ+ अ-

ढोरपाटन । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो । उनीहरूको घटनास्थलमै मृत्यु भएको केसीको भनाइ छ । जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको केसीले बताउनुभयो ।

मृत्यु हुने दुवै जना पुरुष रहेको उहाँको भनाइ छ । जीप सडकभन्दा धेरै तल खसेको हुँदा अहिलेसम्म कति सवार थिए भन्ने यकिन हुन नसकेको सूचना अधिकारी केसी बताउनुहुन्छ । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारकार्यमा लागेको छ ।-रासस




भर्खरै