२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पार्टी गठनको खोजीमा: ठाकुर – महतो र त्रिपाठी



अ+ अ-

काठमाडौं । जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा तीनै नेता रहेका थिए । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएका थिए । अहिले उनी स्वास्थ्यमन्त्री छन् ।

स्रोतका अनुसार ठाकुर, महतो र त्रिपाठीले नयाँ दल गठन विषयमा छलफल गरेका छन् । जसपा कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र महतो समूहले त्रिपाठीसँग मिलेर पुरानै जसपा ब्युँताउने विषयमा छलफल गरेका हुन् । यो समाचार राजधानी दैनिकमा छ ।