१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठकमा आज चार मन्त्रालयका बजेटमाथि छलफल हुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्दैछ । विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरुमाथिको जारी छलफलमा आज चार वटा मन्त्रालयका लागि बिनियोजित बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याया तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बिनियोजित बजेटका शीर्षकमा छलफल हुनेछ ।

साथै सांसदहरु सूर्यप्रसाद ढकाल, प्रेम सुवाल, सुमना श्रेष्ठ, महेशकुमार बर्तौला, अमरेशकुमार सिंह, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह र प्रभु साहले खर्च कटौतीको प्रस्ताव पेश गर्नुहुने सम्भावित कार्यसूची छ ।